चाडपर्वलाई लक्षित गरेर ट्राफिक व्यवस्थापन योजना सार्वजनिक

ट्राफिक प्रहरीले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर ट्राफिक व्यवस्थापन योजना सार्वजनिक गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नजिकिँदै गरेको बडादशैँ, तिहार तथा छठलगायतका पर्वलाई लक्षित गरेर चाडपर्व व्यवस्थापन विशेष सुरक्षा योजना सार्वजनिक गरेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था …

सम्बन्धित सामग्री

ट्राफिक व्यवस्थापन गर्न नगर प्रहरी

३० कात्तिक, काठमाडौंं । काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न नगर प्रहरी खटाउन थालेको छ । नगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजु पाण्डेकाअनुसार सवारी साधनको चाप धेरै भएको समय बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ३ बजेदेखि साँझ ५ बजेसम्म मुख्य चोकहरुमा ट्राफिक प्रहरीसँगै २ जना नगर प्रहरी पनि खटाउन थालिएको हो । […]

काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाण्डाै - चुनाव नजिकिएसँगै काठमाण्डौ उपत्यकाको  ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । चुनावका लागि काठमाण्डौ उपत्यकामा खटिएका ट्राफिक प्रहरी अन्य जिल्लामा खटिएसँगै ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुन थालेको हो । केही दिनयता उपत्यकामा बिहानैदेखि जाम हुन थालेको छ । दिउँसो र बेलुकाको समयमा त झन् भद्रगोल नै हुने गरेको छ । काठमाण्डौ उपत्यकामा एक हजार सात सय जना ट्राफिक प्रहरी रहेकामा अहिले दुई सयको हाराहारीमा मात्रै छन् । ट्राफिक प्रहरीको सङ्ख्या कम भएसँगै जाम पनि बढेको हो । उपत्यकाको जामलाई व्यवस्थित गर्न म्यादी प्रहरीको स...

ली चान्शुको भ्रमणले काठमाडौँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौँ – चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्शुको नेपाल भ्रमणले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ। उनको नेपाल आगमनको तयारीका लागि बाटो खाली गरिँदा सोमबार दिउँसोदेखि बेलुकासम्मै काठमाडौँ उपत्यकाका मुख्य सहरी क्षेत्रमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो। सर्वसाधारण यात्रुले सास्ती पाएका थिए। मंगलबार बिहानैदेखि पनि काठमाडौँका मुख्य क्षेत्रको सवारी व्यवस्थापन खराब बनेको छ । […]

लमजुङमा सुरु भयो ट्राफिक व्यवस्थापन अभियान

जिल्ला प्रहरी कार्यालय लमजुङको आयोजना र ट्राफिक प्रहरी कार्यालय लमजुङको समन्वयमा ट्राफिक व्यवस्थापन अभियान सुरु भएको छ। दुईपाग्रे सवारी साधनलाई लक्षित गरी प्रहरी कार्यालयले लमजुङबाट यस अभियानको सुरुवात  गरेको हो।  यस...

महाशिवरात्रिमा गौशाला क्षेत्रमा यसरी गरिँदै छ ट्राफिक व्यवस्थापन

महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको ट्राफिक व्यवस्थापन सहज पारिएको जनाएको छ। महाशाखाले ट्राफिक व्यवस्थापन योजनाबमोजिम ट्राफिक सहजीकरण गरेको हो। ट्राफिक महाशाखाका प्रमुख एसएसपी उमेश राज जोशीले वैकल्पिक...

माले महाधिवेशन स्थलमा बढाइयो ट्राफिक व्यवस्थापन

चितवन– नेकपा एमालेको १०औं महाधिवेशनका लागि चितवनमा ट्राफिक व्यवस्थापन चुस्त पारिएको छ । शुक्रबार नारायण नदी किनारमा उद्घाटन हुने महाधिवेशनमा एमालेले ५ लाखभन्दा बढी नागरिक उतार्ने तयारी गरेका बेला प्रहरीले ट्राफिक व्यवस्थापन मिलाउन प्रदेश बाहिरबाट जनशक्ति मगाएको हो । बागमती प्रदेश प्रहरी कार्यालय प्रवक्ता एसपी नवराज अधिकारीले सुरक्षा योजनाबमोजिम आवश्यकताअनुसार विभिन्न प्रदेशबाट झिकाएर प्रचुर मात्रामा […]

यातायात व्यवसायीको विरोध र्‍यालीले काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौं । भाडा समायोजनको माग गर्दै यातायात व्यवसायीले निकालेको र्‍यालीले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । व्यवसायीले साना या ठूला सवारी साधनसहित र्‍याली गर्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको हो । कार्यालय समयमा विरोध र्‍याली निकाल्दा थप जाम भएको छ । व्यवसायीले चक्रपथमा सवारी र्‍याली निकालेका थिए । १० वर्षदेखि भाडा समायोजन नभएको भन्दै […]

अब प्रविधिबाटै ट्राफिक व्यवस्थापन

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रविधिको उच्चतम प्रयोग गरी परम्परागत ट्राफिक व्यवस्थापन कार्यलाई क्रमशः विस्थापित गर्दै लैजाने रणनीति अवलम्बन गरेको छ । नयाँ प्रविधिको प्रयोगसँगै ‘हात हल्लाएर तथा सिटी फुकेर’ दिइने सेवा देख्न पाइने छैन । उपत्यकाको ट्राफिक व्यवस्थापन कार्यलाई चुस्त, वैज्ञानिक तथा प्रभावकारी बनाउन प्रविधिको प्रयोग सकारात्मक हुने अपेक्षा गरिएको छ । ‘‘सडकचोकमा... The post अब प्रविधिबाटै ट्राफिक व्यवस्थापन appeared first on Purbeli News.

रसुवागढी अन्तर्राष्ट्रिय नाकाको ट्राफिक व्यवस्थापन मजबुत

नाकाको ट्राफिक व्यवस्थापन सबल तुल्याइएको बागमती प्रदेश ट्राफिक कार्यालय चितवन रामनगरका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए