डाेटी : गौरा पर्वमा भीडभाड नगर्न आग्रह, अटेर गरे कारबाही हुने

डाेटी - जिल्ला प्रशासन कार्यालय डोटीले गौरा पर्वमा भीडभाड नगर्न आग्रह गरेको छ । सूचना प्रकाशित गर्दै कार्यालयले सुदूरपश्चिमको प्रसिद्ध पर्व गौरा आइतवार भित्र्याइएकाले कोरोनाकाे जोखिमलाई मध्यनजर गर्दै भीडभाड नगर्न तथा ठूलो सङ्ख्यामा जमघट नहुन आग्रह गरेको हो । जिल्लामा कोरोना जोखिम कायमै रहेको र गौरा तथा तीज पर्व नजिकिएकाले भीडभाड नगर्न आग्रह गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, 'गौरा र तीजमा सामान्य पूजा आराधनाबाहेक अन्य भीडभाड हुने खालका कुनै पनि काम नगर्न आग्रह...