महोत्तरी क्षेत्र नं २ को प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवार सुरिताकुमारी साह विजयी भएकी छिन् । गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । उनी ८ हजार ५ सय ६८ मत प्राप्त गरी विजयी भएको क्षेत्र नं २ को निर्वाचन कार्यालयले जनाएको छ ।