रुसको आक्रमणपछि युक्रेनमा त्रास, इमर्जेन्सी साइरन बजाउँदै भागाभाग

रुसको आक्रमणपछि युक्रेनको राजधानी  किभ छाड्नेको सङ्ख्या बढेको छ । राजधानीबाट सयौँ मानिहरु निस्कन थालेका बीबीसीले जनाएको छ । निजी गाडीमा उनीहरु इमर्जेन्सी साइरन बजाउँदै बाहिरिन थालेका खबरमा उल्लेख गरिएको छ । रुसले आक्रमण थालेसँगै डराएका उनीहरु भाग्न थालेका त्यहाँका एक पत्रकारले बताएका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाहीको घोषणा गरेसँगै युक्रेनको राजधानीलगायत ठाउँठाउँमा विस्फोट हुन थालेको छ । युक्रेनले रुसले क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गरेको छ । तस्बिर : बीबीसी