ताप्लेजुङबाट चार घण्टामै तराई...

ताप्लेजुङ - सरकारले हिमाली जिल्ला ताप्लेजुङबाट तराई जोडिएको तमोर करिडोर कालोपत्र गर्ने भएको छ । पूर्वी पहाडी जिल्लाको विकाससँग प्रत्यक्ष जोडिएको तमोर करिडोर कालोपत्र भएपछि चार घण्टामै ताप्लेजुङबाट तराई पुग्न सकिने छ।  करिडोर कालोपत्रका लागि बहुवर्षीय ठेक्का सम्बन्धमा ५ अर्ब ७६ करोड ८५ लाख रुपैयाँमा विनियोजन भएको छ । २०७९ साल वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले करिडोरलाई बहुवर्षीय योजनामा लैजान र निर्माण सम्पन्न गर्ने निर्णय गरेको थियो ।  तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार न...