सरकारले अस्पताल तथा स्वास्थ्य संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय राजपत्रमा प्रकाशित गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार शनिबार र आइतबार लगातार बिदापछि पनि अर्को सार्वजनिक सार्वजनिक बिदा परेको खण्डमा सो दिन स्वास्थ्य संस्था तथा अस्पतालहरू बन्द नरहने उल्लेख गरिएको छ । सरकारले परीक्षणका रुपमा वि.स २०७९ साल जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन विदा दिने निर्णय गरेको थियो । राजपत्रमा प्रकाशित सूचनामा सोमबारदेखि शुक्रबारसम्म कार्यालय स