काठमाडौं । लामो समयदेखि खुट्टाको क्यान्सरबाट पीडित सिन्धुलीका एक किशोरलाई २ लाख रुपैयाँ सहयोग जुटेको छ । सिन्धुलीका १६ वर्षीय राजेश नेपालीलाई २ लाख १५ हजार सहयोग जुटेको हो । राजधानीको मित्रपार्कस्थित नेपाल भारत मैत्री अस्पतालमा एक कार्यक्रमका बीच नेपाल मुटु फेमली, हाम्रो टिकटक नेपाल, र फुकै परिवारले राजेशका लागि रकम हस्तान्तरण गरेका हुन् ।विगत लामो समयदेखि खुट्टाको क्यान्सर रोगबाट पीडित भएका उनको उपचारको लागि जुटेको उक्त रकम तारकेश्वर नगरपालिका १० वडा सदस्य धुबराज राईले हस्तान