सभापतिसहित ६ जना सदस्य मन्त्री भएपछि राज्य व्यवस्था समितिको काम प्रभावित

प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको कामकाज प्रभावित भएको छ । एउटै समितिबाट सभापति सहित ६ जना सदस्य मन्त्री बनेपछि समितिको बैठक अघि नबढेको हो ।  समितिमा कुनै पनि विचाराधीन विधेयक नभएपनि समितिले आफ्नो कार्य क्षेत्रभित्र पर्ने सरोकारका विषयमा छलफल अघि बढाउन सकेको छैन ।यो समिति अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय, रक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग र निर्वाचन आयोग एवम् शान