अक्षय कुमारले दर्शकलाई भने-फिल्म हेर्नुस्, निराश बनाउँदैन

बलिउड अभिनेता अक्षय कुमारले नेपाली दर्शकका लागि आफ्नो आउन लागेको फिल्मले भरपूर मनोरञ्जन दिने सन्देश पठाएका छन् । आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ’बच्चन पाण्डे’ ले भरपूर मनोरञ्जन प्रदान गर्ने उनले सन्देशमा बताएका छन् ।’नमस्ते नेपाल, मेरो फिल्म बच्चन पाण्डे यहीँ १८ मार्चमा नेपालका हुलहरूमा लाग्दैछ । म यो फिल्मलाई तपाइँ आफू आफ्ना साथी तथा परिवारहरूसँग हेर्न आग्रह गर्दछु । यो फिल्म राम्रो बनेको छ भने पूर्णरुपमा कमर्सियल छ । मलाई विश्वास छ । यसले तपाईलाई भरपूर मनोरञ्जन दिनेछ