खर्च नभएको रकम फिर्ता पठाउन स्थानीयलाई मन्त्रालयको परिपत्र

काठमाडौँ । प्रधानमन्त्री रोजगार कार्यक्रमको खर्च नभएको रकम फिर्ता पठाउन स्थानीय तहलाई मन्त्रालयले परिपत्र गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक परिपत्र गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पत्र अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमको खर्च नभएको रकम फिर्ता गर्न र खर्चको आर्थिक विवरण पठाउन भनेको हो ।