अमेरिकाबाट नेपाल फर्काइयो टुँडाल र प्रस्तरबाट निर्मित शिवमूर्ति

– पूर्णप्रसाद मिश्र/ नेपालबाट हराएर अमेरिका पुगेको पुरातात्विक महत्वको काठको कलात्मक सालभञ्जिका टुँडाल र प्रस्तरबाट निर्मित दुई साधुका बीचमा उभिएको शिवको मूर्ति फिर्ता भएको छ । पुरातात्विक महत्वको टुँडाल काठमाडौँ महानगरपालिका–२४ इटुम्बहाल महाविहारको मुख्य ढोकामाथिबाट सन् १९८४–१९८५ मा चोरी भएको पुरातत्व विभागले जनाएको छ । यो १३ औँ वा १४ औँ शताब्दीमा निर्माण भएको टुँडाल […]