पञ्जाब उपनिर्वाचनमा २० मध्ये १५ सिट जितेपछि इमरान खान उठाए ‘अर्ली इलेक्सन’ को माग

एजेन्सी पाकिस्तानको सबैभन्दा ठूलो राज्य पञ्जाबमा २० सिटका लागि भएको उप–चुनावमा पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी ‘पाकिस्तान तेहरिक–ए–इन्साफ(पीटीआई)’ले १५ सिट जितेको छ । जितसँगै इमरानको मनोबल उच्च देखिएको छ । उनले तत्काल आम निर्वाचन गराउन माग गरेका छन् । गत अप्रिलमा अविश्वासको मतबाट प्रधानमन्त्री पदबाट हट्न बाध्य भएदेखि इमरानले विदेशी शक्तिले षडयन्त्रका कारण सत्ताबाट हट्नु परेको भन्दै कयौँ विरोध प्रदर्शनमा गरिसकेका छन् । विदेशी षडयन्त्र भनेर इमरानको इश