गौतम र श्रेष्ठको चाहना : राष्ट्रिय सभा छाडेर प्रतिनिधिसभा !

०७४ मा प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि राष्ट्रिय सभा सदस्य बनेका वामदेव गौतम र नारायणकाजी श्रेष्ठले आसन्न संघीय निर्वाचन लड्ने तयारी थालेका छन् । पाँचदलीय गठबन्धनभित्र समाहित भएर प्यूठानबाट निर्वाचन लड्ने गौतमको योजना छ भने श्रेष्ठले गृहजिल्ला गोरखाबाटै उम्मेदवारी दिने मनस्थिति बनाएका छन् । लामो कोसिसबीच पनि उप-चुनावमार्फत प्रतिनिधिसभा सदस्य बन्ने गौतमको चाहना तत्कालीन नेकपाको आन्तरिक विवादका कारण पूरा हुन सकेको थिएन ।

सम्बन्धित सामग्री

यस्तो छ, राष्ट्रिय सभा सदस्य चुनावको कार्यक्रम

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। आगामी माघ ११ मा सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट कार्यक्रम स्वीकृत भएको छ।...