धनगढी । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले अहिलेको सत्ता गठबन्धन भत्किने सम्भावना नरहेको टिप्पणी गरेका छन् । प्रेस संगठन कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले गठबन्धन भत्किएर नयाँ बन्ने सम्भावना नरहेको बताएका हुन् । राष्ट्रपतिको निर्वाचनको हकमा भने सबै राजनीतिक दलले सुझबुझपूर्ण तरिकाले निर्णय लिनुपर्ने उनको भनाइ छ । […]