बाबुराम भट्टराईको ट्वीटले हिन्दू धर्मावलम्बी आक्रोशित छन् : सांसद साह

नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप साहले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले हिन्दू धर्ममाथि प्रहार हुने गरी ट्वीट गरेकोमा आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसद साहले धर्मनिरपेक्ष देशमा सबै धर्मको सम्मान हुनुपर्ने बताए । बैठकमा उनले भने, ‘पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले रि–ट्विट गरेर धर्ममाथि प्रहार गर्नुभएको थियो । यो धर्मनिरपेक्ष देशमा सबै धर्मलाई इज्जत गर्ने र हुने हाम्रो धारणा हो । उहाँजस्तो व्यक्तित्वले त्यस्तो अभिव्यक्ति दिइसकेपछि हिन्दू धर्मावलम्बी आक्रोशित छन् ।...