‘नेपाल इन्टरनेशनल कलेज’ नामक वेबसाइटमार्फत नेपालका शीर्ष राजनीतिक नेता तथा प्रतिष्ठित व्यक्तिहरूको नाम र पहिचान दुरुपयोग गरी अन्तर्राष्ट्रिय स्तरमा चन्दा (फन्ड) उठाउने प्रयास गरेको आरोपमा एक अमेरिकी नागरिकलाई नेपालको अध्यागमन विभागले नियन्त्रणमा लिएको छ। उनले कलेजको ‘टिम’ सेक्सनमा केपी शर्मा ओली, आरजु राणा देउवा, गगन थापा, महेश बस्नेत, विनोद चौधरी, कृष्ण बहादुर महरा लगायत अन्य […]
नेपालको अध्यागमन विभागका अनुसार जनवरी २०२६ मा मात्र १०१ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन्। हाल यो संख्या ५८५ पुगेको छ । डिपोर्ट हुनेहरुमा अधिकांश पुरुष छन् भने महिला संख्या न्यून छ। जनवरीमा डिपोर्ट भएका १०१ मा ४ जना मात्र महिला रहेको छन्। पछिल्ला महिनाहरूमा नेपालीहरु अमेरिकाबाट डिपोर्ट हुने दर बढ्दो रहेको छ । डिसेम्बरमामात्रै […]
नेपालले सन् २०२६ को पहिलो महिना जनवरीमा साढे ९२ हजारबढी विदेशी पर्यटकहरूलाई स्वागत गरेको छ । नेपाल पर्यटन बोर्डले अनुसार जनवरीमा ९२ हजार ५७३ जना विदेश पर्यटक स्वदेश भित्रिएका हुन् । जनवरीमा नेपाल भित्रिने पर्यटकहरूमा सबैभन्दा बढी भारतीय पर्यटकहरू रहेका छन् । जनवरीमा भारतबाट २६ हजार ६२४ पर्यटक नेपाल आएका हुन् । यस्तै दोस्रो नम्बरमा […]
प्रधानमन्त्री सुशिला कार्कीले मौसम प्रतिकूल भएमा हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन गरिने स्पष्ट पारेकी छन्। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१, हात्तिखोरमा आयोजित राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्कीले यस्तो बताएकी हुन्। उनकाअनुसार, सरकारले निर्वाचन सफल बनाउन आवश्यक सबै सहयोग गर्छ। “निर्वाचनका लागि सरकार प्रतिबद्ध छ। विशेषगरी हिमाली जिल्लामा […]
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन भोलिदेखि नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय परिचालन हुने भएका छन्। सरकारले स्वीकृत गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ अनुसार निर्वाचन सुरक्षालाई प्रभावकारी बनाइने भएको हो। निर्वाचन आउन अब एक महिना मात्र बाँकी रहँदा सुरक्षा व्यवस्था थप कडा बनाउने तयारी गरिएको […]
प्रादेशिक अस्पताल सिरहामा बिरामीबाट सङ्कलन भएको राजस्व रकम सरकारी खातामा जम्मा नगरी हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पूर्वअस्पताल प्रमुखसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अस्पतालको ओपिडीसहित विभिन्न बिल काउन्टरबाट सङ्कलन भएको रकममध्ये ३८ लाख ७७ हजार ७२४ रुपैयाँ सरकारी ढुकुटीमा दाखिला नगरी कर्मचारीहरूले आपसी मिलेमतोमा व्यक्तिगत […]