पोखराका रोसिङ्टनको अर्धशतक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबार जारी दोस्रो खेलमा पोखरा एभेन्जर्सका आडम रोसिङ्टनले अर्धशतक प्रहार गरेका छन् । चितवन राइनोजले दिएको १२१ रनको लक्ष्य पछ्याउने क्रममा जवाफी ब्याटिङमा उत्रिएको पोखराका ओपनर रोसिङटनले अर्धशतक पूरा गरेका हुन् । उनले अर्धशतक पूरा गर्न ३७ बल खर्चिए । यस क्रममा उनले तीन चौका र चार छक्का प्रहार गरे […]