योग्यतै नपुगेको कम्पनीलाई ठेक्का, गाउँपालिका अध्यक्षसहित पाँच जनाविरुद्ध मुद्दा

काठमाडौँ। सप्तरीमा स्कुलको नमुना भवन निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार बलानबिहुल गाउँपालिकाका तत्कालीन अध्यक्ष दयानन्द गोइतसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। मुद्दा दायर भएका अन्यमा गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहम्मद नसिम राइन, लेखापाल कमलेशकुमार साह, सब-इन्जिनियर सन्तोषकुमार रजक र ओम […]