काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीमण्डल विस्तारको तयारी गर्नुभएको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले थप चारजना मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको हो बताइएअनुसार नयाँ नियुक्त हुने मन्त्रीमा सुधा गौतम, गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता र खगेन्द्र सुनार हुनुहुन्छ । जसमध्ये सुधा गौतमलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री, गणपतिलाल श्रेष्ठलाई संस्कृति भूमि व्यवस्था सहकारी तथा गरिवी निवारणमन्त्री […]