ठाकुरबाबा– बर्दियाको बढैयाताल गाउँपालिका–८ दैलेखी टोलमा एक युवक मृतावस्थामा फेला परेका छन्। बढैयाताल–८ दैलेखीटोलका अन्दाजी ३७ वर्षीय खमान सिंह सार्कीको शव आज बिहान माछापोखरीमा फेला परेको हो । इलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियाका प्रहरी निरीक्षक अच्युत गिरीका अनुसार मृतक सार्की बढैयाताल–८ दैलेखी टोलमा फ्रेस हाउस सञ्चालन गर्दै आएका शिवहरि रानाभाटको सानो माछापोखरीमा मृतावस्थामा भेटिएका हुन् […]