निर्वाचन आयोग कमिसनको चक्करमा लाग्दा पाठ्यपुस्तक अभाव, ८० लाख विद्यार्थी प्रभावित

झट्ट सुन्दा निर्वाचन आयोग र विद्यालयमा पाठ्यपुस्तक अभावको सम्बन्ध अमिल्दो देखिन सक्ला । तर यो वर्ष निर्वाचन आयोगकै कारण देशभरका ८० लाख विद्यार्थीले पाठ्यपुस्तक अभावको सामना गर्नुपरेको छ । नयाँ शैक्षिक सत्र सुरु भएको झन्डै २ महिना पुग्न लाग्यो तर पहिलो त्रैमासिक परीक्षा हुनै लाग्दा पनि देशभरका विद्यार्थीहरुले पूर्ण रुपमा पाठ्यपुस्तक पाउन सकेका छैनन् ।पाठ्यपुस्तक मुद्रणको जिम्मा रहेको जनक शिक्षा सामग्री केन्द्र स्थानीय तह निर्वाचनको मतपत्र छपाइमा व्यस्त भएका कारण समयमा पाठ्यपुस्तक छाप्न असमर्थ हुँ

सम्बन्धित सामग्री

काठमाडौँकै दरबार हाइस्कुलमा अझै ३० प्रतिशत पाठ्यपुस्तक पुगेन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद योगेशकुमार भट्टराईले देशभरका विद्यालयमा पाठ्यपुस्तक अभाव भएको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै भट्टराईले माध्यमिक विद्यालयका पाठ्यपुस्तक अहिलेसम्म नपुगेको विषयमा गम्भीर ध्यान दिन आग्रह गरे । नेता भट्टराईले शैक्षिक शत्र शुरु भएको एक महिना १३ दिन बितिसक्दा पनि देशभरका माध्यममिक विद्यालयका झण्डै ५० प्रतिशत पाठ्यपुस्तक नपुगेको भन्दै यसको दीर्घकालीन समाधान खोज्न सुझाए । उनले माध्यमिक तहमा करिब ८० लाख विद्यार्थी भर्ना भएका र तीमध्ये करिब ७५ प्रतिशत विद्यार्थी सामुदायिक तथा अन्य निजी विद्यालयमा अध्ययनरत रहेको जानकारी दिए । “हरेकवर्ष पुस्तक अभावको समस्या झेलिरहेका छौँ, यो विषय गीतका वर्षमा पनि उठाउँदै आएको र अहिले पनि जारी छ, सरकारले पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मा जनक शिक्षा सामग्री केन्द्रलाई दिइएको छ”, उनले भने, “आजसम्म निजी क्षेत्रबाट वितरण हुने कक्षा १ देखि ३ सम्मका पाठ्यपुस्तक पुगेका छन्, त्यसभन्दा माथिका पाठ्यपुस्तक अहिलेसम्म पनि विद्यार्थीले पाएका छैनन् । भट्टराईले हालै आफूले गरेको १६ विद्यालयको सर्वेक्षणले करिब ५० प्रतिशत पुस्तक नपुगेको, काठमाडौँकै दरबार हाइस्कुलमा अझै ३० प्रतिशत पाठ्यपुस्तक नपुगेको पाइएको तथा बागमती प्रदेशमा पनि झण्डै ४० प्रतिशत पुस्तक नपुगेकोे पाइएको भन्दै अन्य प्रदेशको अवस्था कस्तो होला भनी प्रश्न गरे ।

योगेश भट्टराईको प्रश्न- दरबार हाईस्कुलमै पाठ्यपुस्तक छैन, अन्यत्र के होला ?

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले राजधानीको मुटुमै रहेको दरबार हाईस्कुलमै पाठ्यपुस्तक अभाव रहेको बताएका छन् । आज बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले देशभरका विद्यालयले पाठ्यपुस्तक अभाव झेलिरहेको भन्दै यस्तो बताएका हुन् । ‘शैक्षिक सत्रको एक महिना १३ दिन बित्यो । माध्यमिक तहमा अध्ययनरत ८० लाख विद्यार्थीमध्ये ७५ प्रतिशत सामुदायिक विद्यालयका विद्यार्थीहरूले अझै […]