उद्योगी, व्यवसायीद्वारा राष्ट्रबैंक घेराउ

काठमाडौँ : देशभरका उद्योगी व्यवसायीले नेपाल राष्ट्रबैंक घेराउ गरेका छन्।केही समयदेखि चरणबद्ध सडक आन्दोलन गर्दै आएका देशभरका उद्योगी व्यवसायीहरूले मंगलवार बालुवाटारस्थित नेपाल राष्ट्रबैंक अगाडि आन्दोलन गरेका हुन्।उद्योगी व्यवसायीहरूले अर्थतन्त्र संकटपूर्ण अवस्थामा रहेको अवस्थामा बैंकहरूले व्यवसायीहरूमाथि चर्को ब्याज लिएको, कर्जामा ठूलो परिमाणमा प्रिमियम चार्ज लगाएको र कर्जा भुक्तानीको समय समेत नदिएको भन्दै बैंकविरुद्ध सडक संर्घषमा उत्रिएका हुन्।देशभरका उद्योगी व्यवसायीले राष्ट्रबैंक अगाडि पु