पश्चिम नवलपरासीमा विनोद चौधरीलाई सकस

पश्चिम नवलपरासीमा नेपाली कांग्रेसमा विवाद हुँदा क्षेत्र नं. २ बाट उम्मेदवार सिफारिस भएका अर्बपति उद्योगी विनोद चौधरीले प्रतिनिधिसभा सदस्यको लागि टिकट पाउन सकस देखिएको छ ।  चौधरीले पूर्व नवलपरासीको क्षेत्र नं. १ र २ बाट चुनाव लड्ने चाहना राखेको भएपनि त्यहाँ सम्भव नभएपछि पार्टीले पश्चिम नवलपरासीको क्षेत्र नं. १ बाट उम्मेदवार सिफारिस गरेको थियो । उनको उम्मेदवारी सिफारिस पाँचौं नम्बरमा भएको छ । कांग्रेसबाट चौधरीसँगै यस क्षेत्रबाट विक्रम खनाल, देवकरण जयसवाल, कुलदीप आचार्य र उषा बाँस्तोलाको