सिन्धुलीका ग्रामिण सडकमा जोखिम यात्रा

सिन्धुली । सिन्धुलीको सिन्धुलीमाडीबाट तीनपाटन गाउँपालिकासम्मको ग्रामिण सडक ग्राभेल नहुँदा यातायात सञ्चालनमा कठिनाई भएको छ । वर्षायाममा हिलाम्मे सडकमा सार्वजनिक यातायातका साधनहरु संचालन गर्न कठिनाई हुँदा यात्रुहरु जोखिमपूर्ण यात्रा गरी सिन्धुलीमाडी तीनपाटनको आवागमन गर्न बाध्य भएका छन् । वर्षायामका कतिपय दिनमा भने सोही ग्रामिण सडक हिलाम्मे हुँदा एम्बुलेन्स लगाएतका अत्यावसीय साधनहरुको समेत आवागमन बन्द हुने […]