दलको नेता चुनिए लगत्तै बालुवाटार पुगे प्रचण्ड

७ पुस, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भइरहेको छ । पार्टीको संसदीय दलको नेता चयन भए लगत्तै प्रचण्ड बालुवाटार पुगेका हुन् । उनीहरुबीच नयाँ सरकार गठनबारे छलफल भइरहेको श्रोतले जनाएको छ ।