'नेपाल व्यवसाय शिखर सम्मेलन, २०८०' वैशाख २४ मा, 'प्रधामन्त्रीले उद्घाटन गर्ने, ओलीले समापन'

काठमाडौं । वैशाख २४ गते 'नेपाल व्यवसाय शिखर सम्मेलन, २०८०' आयोजना हुने भएको छ । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल विजनेश इन्स्टिच्युटको संयुक्त आयोजनामा उक्त सम्मेलन हुन लागेको हो । सिबिफिनले वैशाख १५ गते काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलन हुन लागेको जानकारी दिएको हो । यस सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले र समापन पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने जानकारी आयोजकले दिएको छ । ‘अर्थतन्त्रका वर्तमान चुनौति तथा समृद्धिको मार्गचित्र’ मूल विषयवस्तु रहेको उक्त सम्मेलनमा नेपालको वर्तमान आर्थिक एवम् बैंकिङ अवस्था, चुनौती तथा समाधानका उपायहरुमा गहन विचार विमर्स हुनेछ । हाल उद्योगि व्यवसायीको मनोबल निकै घटेको , विभिन्न कारणले मागमा संकुचन आई उत्पादन प्रभावित भएको जस्तो समस्या समाधानका विषयमा समेत सरोकारवालाहरुले विशेष प्रस्तुती दिने कार्यक्रम तय भएको छ । चालू आर्थिक वर्षमा सरकारले राखेको लक्ष्य अनुसारको राजश्व संकलन नभएको, पूँजीगत खर्च अपेक्षित हुन नसकिरहेको र राष्ट्रिय त था अन्तरराट्रिय परिवेशका कारण मूल्यवृद्धि बढिरहेको कारण अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव जस्ता विषयहको पनि गम्भीर चिरफार हुने जानकारी आयोजकले दिएको छ ।  यस सम्मेलनमा आर्थिक, बैंकिङ एवम् व्यवसायिक क्षेत्रका विभिन्न शीर्षकमा गरिने व्यापक छलफल तथा बहसमा प्राप्त हुने पृष्ठपोषणहरूलाई संश्लेषण गरी आर्थिक एवम् बैंकिङ सुधार तथा आत्मनिर्भर अर्थतन्त्रको भावी कार्यदिशाका वारेमा बहुपयोगी भिजन डकुमेन्ट तयार गर्ने लक्ष्य आयोजकको छ । उक्त बहुपयोगी भिजन डकुमेन्ट नेपाल सरकार तथा सरोकारवाला निकायहरू समक्ष बुझाउने सम्मेलनको मुख्य उद्देश्य रहेको सिबिफिनका अध्यक्ष गोल्यानले प्रष्ट पारेका छन् ।  सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा सम्पन्न हुने उक्त सम्मेलनमा अर्थमन्त्री डा. प्रकाशशरण महल, विश्व बैंक समूहको इन्टरुनेशनल फाइनान्स कर्पोरेसन (आईएफसी) का एशिया प्यासिफिक क्षेत्रका भाइस प्रेसिडेन्ट सल्लाहकार कमर सलिम, वरिष्ठ उद्यमी तथा प्रतिनिधिसभाका सदस्य विनोदकुमार चौधरी, वरिष्ठ अर्थशास्त्री तथा प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्ले, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, उद्योग मन्त्रालयका सचिव मधु कुमार मरासिनी, विश्व बैंकका कन्ट्री डाइरेक्टर फारिस हदाद जर्भोस, एफएनसीसीआईका पूर्व अध्यक्ष भवानी राणा, सीएनआईका पूर्व अध्यक्ष हरिभक्त शर्भा, म्यानेजमेन्ट एशोसिएशन नेपालका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल के.सी, वोल्ड लिंकका अध्यक्ष दिलिप अग्रवाल, डोल्मा अर्गनाइजेशनका प्रबन्धक निर्देशक जोसेफ अल्भानस लगाएत विभिन्न देशका राजदुतहरू, अर्थशास्त्रीहरू, उद्यमी–व्यवसायीहरू, विभिन्न मन्त्रालयका सचिव तथा सहसचिवहरूले सम्बोधन गर्नेछन् ।

सम्बन्धित सामग्री

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीतिको भर

अर्थमन्त्री प्रकाशशरण महतले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीतिले प्रभावकारी भूमिका खेल्ने बताएका छन् । वित्त नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउन सरकारसँग स्रोतको पर्याप्तता नभएको भन्दै उनले मौद्रिक नीतिका उपकरणहरुमार्फत केन्द्रीय बैंकले काम गर्न सक्ने बताए । बैंक तथा वित्तीय संस्था परिसंघद्वारा आयोजित ‘नेपाल व्यवसाय शिखर सम्मेलन २०८०’ लाई सम्बोधन गर्दै उनले वित्त नीतिबाट पुँजी परिचालन […]

लचिलो मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउनु पर्छ : अर्थमन्त्री डा. महत

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिले अर्थतन्त्रमा शिथिलता आउनुका धेरै कारण रहेको र लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताएका छन्।अर्थमन्त्री डा. महतले बैंक तथा वित्तीय संस्था परिसंघद्वारा आयोजित नेपाल व्यवसाय शिखर सम्मेलन २०८० लाई सम्बोधन गर्दै  ‘हामीले वित्त नीतिबाट पुँजी परिचालन गर्न सकेनौं।’ अर्को कोरोना महामारीको क्रममा मौद्रिक उपकरणमार्फत अत्यधिक कर्जा प्रवाह भएको उनले बताए। उनले अर्थतन्त्रमा शिथिलता देखिएको बताए। उनले भने,  &

मुलुक आर्थिक मन्दीमा फँस्यो, राजश्व संकलन नै ऋणात्मक हुन थाल्योः विनोद चौधरी

काठमाडौं। उद्योगपति एवं नेपाली काँग्रेसका सांसद विनोद चौधरीले तथ्याङ्क विभागको आर्थिक वृद्धिदरको प्रक्षेपणले मुलुक आर्थिक मन्दिमा फेसेको निश्चित भएको बताएका छन्। आईतवार काठमाडौंमा बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलन–२३ मा बोल्दै सांसद चौधरीले दुई त्रैमासमा आर्थिक वृद्धिदर ऋणात्मक रहनु भनेको आर्थिक मन्दीमा जानु बुझ्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता नै भएको बताए।

नेपाल व्यवसाय शिखर सम्मेलन आयोजना हुने

यही वैशाख २४ गते ‘नेपाल व्यवसाय शिखर सम्मेलन, २०८०’ आयोजना हुने भएको छ । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युटले संयुक्तरुपमा उक्त सम्मेलन आयोजना गर्न लागेका हुन् । ‘अर्थतन्त्रका वर्तमान चुनौती तथा समृद्धिको मार्गचित्र’ मूल विषयवस्तु रहेको उक्त सम्मेलन काठमाडौँमा आयोजना गर्न लागिएको हो । आज आयोजित पत्रकार […]

‘नेपाल व्यवसाय शिखर सम्मेलन २०२३’ हुने

नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजना र संघीय सरकारका विभिन्न मन्त्रालयहरुको साझेदारीतामा नेपाल व्यवसाय शिखर सम्मेलन २०२३ आयोजना हुने भएको छ । ‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ भन्ने मूल नारासहित सातै प्रदेशमा वृहत नीति संवाद तथा प्रदर्शनी र संघीयस्तरमा अन्तराष्ट्र्रिय ढाँचामा शिखर सम्मेलन आयोजना हुने भएको […]

नेपाल व्यवसाय शिखर सम्मेलन हुँदै

नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युट (एनबिआई)को संयुक्त आयोजनामा नेपाल व्यवसाय शिखर सम्मेलन २०२३ कार्यक्रम हुने भएको छ । विभिन्न संघीय मन्त्रालयहरूको समेत साझेदारीमा...

देखापढी विजिनेश न्युज

काठमाडौं। सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र नेपाल विजिनेश इन्स्टिच्युटले संयुक्त रुपमा नेपाल व्यवसाय शिखर सम्मेलन–२०२३ आयोजना गर्ने भएका छन्। उखुको मूल्य निर्धारण नहुँदै चिनी उद्योग सञ्चालनमा आएपछि किसान चिन्तित बनेका छन्। क्लासिक टेक पब्लिक कम्पनीमा रुपान्तरण हुने भएको छ। चन्द्रागिरी हिल्सबाट पर्यटन उद्योगमा प्रवेश गरेको आईएमई ग्रुपले यसवर्ष मात्रै दुईहोटल स्वामित्वमा लिएर सञ्चालन गर्न थालेको छ।

नेपाल व्यवसाय शिखर सम्मेलन हुने

काठमाडौं । नेपाल व्यवसाय शिखर सम्मेलन २०२३ आयोजना हुने भएको छ । ‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ भन्ने मूल नारासहित सातै प्रदेशमा अन्तराष्ट्रिय ढाँचामा शिखर सम्मेलन आयोजना हुन लागेको हो । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा हुन लागेको सम्मेलनका लागि बुधबार सिबिफिन र एनबिआईबीच […]

नेपाल व्यवसाय शिखर सम्मेलन आयोजना हुँदै

आगामी वैशाख २४ गते ‘अर्थतन्त्रका वर्तमान चुनौती तथा समृद्धिको मार्गचित्र’ विषयक नेपाल व्यवसाय शिखर सम्मेलन, २०८० आयोजना हुने भएको छ । नेपाल सरकार, बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) तथा नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा सञ्चालन हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुने आयोजकले जनाएको छ ।