विश्वव्यापी तापमान वृद्धिको तितो यथार्थ र गम्भीर चेतावनीसहितको प्रतिवेदन सार्वजनिक हुँदै

जलवायु परिवर्तनको वैज्ञानिक पक्षका सम्बन्धमा संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्ताहरुले अहिलेसम्मकै महत्वपूर्ण र चेतावनीसहितको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दैछन् । विश्वभरका अनुसन्धानकर्ताहरुको अध्ययनको एकीकृत प्रतिवेदन आउँदो सोमबार सार्वजनिक हुनेछ । सो प्रतिवेदनमा समुद्र, हिउँ तथा स्थल जलवायुमा भएको वा आउँदा दिनको अवस्थाबारे विस्तृत विवरण उल्लेख हुने अपेक्षा छ । इन्टरगभरमेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आइपीसीसी) ले सो प्रतिवेदन […]

सम्बन्धित सामग्री

घट्दो सङ्क्रमण (सम्पादकीय)

नेपालमा कोरोना (कोभिड–१९) बाट सङ्क्रमित हुने, गम्भीर बिरामी तथा मृत्युदर न्यून पाइएको छ । यसका मेडिकल तथा वैज्ञानिक कारणबारे क्रमशः अध्ययन अनुसन्धान हुँदै यथार्थ जानकारी सार्वजनिक हुँदै जानेछन् । सामान्य तथ्याङ्कको विश्लेषणबाट कोरोनाको विश्वव्यापी महामारीको तुलनामा नेपालमा यसको सङ्क्रमण कम हुनु र निको हुनेको सङ्ख्या वृद्धिले केही सकारात्मक सन्देश दिएका छन् । सरकारले सुरुमै बन्दाबन्दी (लकडाउन), औषधि तथा चिकित्सकीय प्रबन्ध, स्वास्थ्य परीक्षण, जनचेतना अभिवृद्धि गरेकाले परिस्थिति थप बिग्रन पाएन । सुरुमा सङ्क्रमितको स्वाब परीक्षण गर्न थाइल्यान्ड पठाउनुपर्नेमा सरकारले मुलुकभर नै सङ्क्रमण जाँच गर्ने संरचना तथा जनशक्ति विस्तार गरेकाले पनि परीक्षणदर व्यापक हुँदै आएको छ । विज्ञका अनुसार अहिले पनि सङ्क्रमण व्यापकरूपमा समुदायस्तरमा नपुगेकाले नेपाल अपेक्षाकृत रूपमा सुरक्षित देश बन्न पुगेको छ । दक्षिण एसियाका मुलुकमा नेपाल कोरोना सङ्क्रमित, गम्भीर बिरामी तथा मृत्युदरका दृष्टिले कम प्रभावित मुलुक बनेको छ । दुई महिने शिशुदेखि ७० वर्षमाथिका व्यक्तिले कोरोना जितेकाले नेपालको अवस्था तुलनात्मकरूपमा सुरक्षित देखिन्छ ।