कोरोनाविरुद्ध साझा सङ्कल्प

 नयाँ वर्ष २०७८ को शुभारम्भसँगै स्वस्थ रहने गरी आफ्ना गतिविधि सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसहित स्वास्थ्य सरोकारवाला निकायहरूले अपिल गरेका छन् । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण उच्च दरमा आकाशिँदै गएका बखत स्वास्थ्य मन्त्रालयले नयाँ वर्षकै दिनदेखि कडा सावधानी अपनाउन सर्वसाधारणमाझ साझा सङ्कल्प प्रस्ताव नै पठाएको छ । मन्त्रालयले चैत मसान्त अर्थात् ३१ गते ‘नयाँ वर्षमा मेरो सङ्कल्प’ भनेर जनचेतनामूलक प्रस्ताव सार्वजनिक गरेको हो । नयाँ वर्षमा नयाँ जोश जाँगरका साथ हुलमुलमा हिँड्नुभन्दा घरपरिवारभित्...

सम्बन्धित सामग्री

कोरोनाविरुद्ध मानवताको जित

कोरोना महामारीले विश्वलाई आक्रान्त पारेको डेढ वर्ष नाघिसक्यो । यस्तो विषम पस्थितिमा विश्वको सबभन्दा ठूलो खेलकुद मेला ओलम्पिक आयोजना गर्नु असम्भव जस्तै थियो । सन् २०२० मै हुनुपर्ने टोकियो आलम्पिक कोरोनाकै कारण एक वर्ष पछाडि त सारियो । तर विज्ञहरू नै एक वर्षपछि पनि यो ओलम्पिक हुनेमा आशावादी थिएनन् । यसबीच जब टोकियो ओलम्पिक आयोजना गर्ने भनियो अरू त अरू जापानी जनता समेत रुष्ट भए किनभने कोरोना त्रास जस्ताको तस्तै थियो । एघार हजारभन्दा बढी खेलाडीका साथमा आउने अन्य पदाधिकारी र स्वयंसेवकलाई टोकियोमा कसरी स्वागत गर्ने र खेल खेलाउने भन्ने चिन्ता र चुनौतीले सताएको थियो । यस्तो बाधा र व्यवधानबीच पनि टोकियो ओलम्मिक सफल र सुरक्षित रूपमा सम्पन्न भयो । शान्त र सौम्य ढङ्गको पनि भयो । दृढ सङ्कल्प भए असम्भव पनि सम्भव हुन्छ भन्ने उदाहरण जापानले देखायो । ओलम्पिक सफल आयोजनापछि जापानको प्रशं

सबल अर्थतन्त्रको सर्त (सम्पादकीय)

कोभिड–१९ (कोरोना) भाइरसको विश्वव्यापी महामारीले नेपाल मात्र होइन, ठूलो अर्थतन्त्र भएका मुलुकको अर्थतन्त्रमा पनि चुनौती आएका छन् । पछिल्ला दिन सङ्क्रमणको घट्दो दर, कोरोनाविरुद्ध खोपको विकास तथा प्रयोग, अर्थतन्त्रलाई पुनर्जीवन दिन विभिन्न मुलुकले गरेका स्थानीय तथा अन्तर्राष्ट्रिय प्रयत्नका कारण विश्व अर्थतन्त्रले टाउको उठाउँदैछ । नेपालले कोरोनाकालमा सामाजिक जनजीवनको बचाउ गर्दै परिस्थितिमा आएको सुधारसँगै अर्थतन्त्रलाई पुनर्जीवन दिन विभिन्न पहल गरेकाले अर्थतन्त्रका समग्र सूचकाङ्क ज्यादै नकारात्मक हुन पाएनन् । कोरोना कहरबीच पनि सरकारले भौतिक पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा, कृषि, सामाजिक सुरक्षालगायत क्षेत्रमा विशेष ध्यान दिएकाले नागरिकले सान्त्वना पाए भने विकासका गतिविधि रोकिएनन् । कोरोना कहर आएको थिएन भने विकासको तीव्र गतिले जनताका उच्च आकाङ्क्षा पूरा गर्ने गरी परिणाम दिने सङ्केत थिए । सङ्कटबीच पनि नेपालले पूर्वाधार, शिक्षा, स्वास्थ्य, उद्योगलगायतका क्षेत्रका आशातीत उपलब्धि हासिल गरेको छ । सरकारले गरेका पहलमा निजी क्षेत्रको पनि उल्लेख्य सहयोग रह्यो । यस्तो सहकार्य निरन्तर आवश्यक पर्छ । मुलुकको अर्थतन्त्रलाई सबल बनाउन सरकारको मात्र पहल पर्याप्त नहुने भएकाले नेपालले मिश्रित अर्थतन्त्र, निजी क्षेत्रको सहभागिता, तीन खम्बे अर्थनीति अवलम्बन गरेको हो । राज्यले सबै क्षेत्रको सहकार्य र हातेमालोबाट समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षा पूरा गर्ने सङ्कल्प लिएकाले आर्थिक सहकार्यलाई अझ फराकिलो बनाउनुपर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय सङ्कल्प पूरा गर्ने गरी सक्रिय हुन व्यवसायीका अधिकांश संस्थाका प्रतिनिधि तथा लब्ध प्रतिष्ठित व्यवसायीलाई शुक्रबार पुनः आह्वान गर्नुको अन्तर्य पनि यही हो ।

ओली, प्रचण्ड र देउवाको पुस्ताबाट देश उभो लाग्न सक्दैन

काठमाण्डौ - अहिले सारा विश्व कोरोना भाइरसविरुद्ध एक भएर लडेको छ । शत्रु शत्रु भनिएका केही देश पनि कोरोनाविरुद्ध लड्न एक भएजस्तो देखिन्छ । कोरोनालाई परास्त गर्न हरेक देशमा राष्ट्रिय एकता, सङ्कल्प र सहयोगलाई झनै बढावा दिइएको छ । पूर्व तयारी र हाम्रो संरचनाको कारण नेपाल पनि कोरोना भाइरसको अति धेरै जोखिममा छ । यस्तो बेलामा सिङ्ग...