प्रयाेगशालाबाहिर गरिएका काेराेना परीक्षणकाे विवरण पठाउन मन्त्रालयकाे आग्रह

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रयोगशालाबाहिर गरिएका काेभिड–१९ (कोरोना परीक्षण) को विवरण पठाउन आग्रह गरेको छ । विभिन्न सङ्घ–संस्था तथा नियोगहरूले सरकारले तोकेको किट प्रयोग गरेर एन्टिजेन परीक्षण गर्ने गरेकोमा त्यसको विवरण प्राप्त नभएको भन्दै मन्त्रालयले यस्ताे आग्रह गरेको हो । प्रयोगशालाबाहिर भएका परीक्षणको यकिन विवरण प्राप्त नहुँदा महामारी नियन्त्रणमा समस्या हुने भन्दै मन्त्रालयले जहाँ जोसुकैले परीक्षण गरेको भए पनि त्यसको विवरण पठाउन भनेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाश...