काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ। स्वास्थ्यमा पुनः समस्या देखिएपछि पौडेललाई शनिबार बिहान अस्पताल भर्ना गरिएको थियो। पौडेललाई शनिबार बिहान ३ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टर सेन्टर महाराजगञ्जमा भर्ना गरिएको हो। उनलाई ‘भिआइपी क्याबिन’को ६०१ नम्बर बेडमा राखिएको छ। मुटुको चाल मनिटरिङ गर्न आवश्यक रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा […]