मोरङका पचास निर्वाचन स्थल अति संवेदनशील

मोरङका राजनीतिक दलका नेताले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन निर्वाचन आयोगलाई आफ्नो साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन् । निर्वाचन आयोगको कार्यालय प्रदेश १ ले शनिबार ‘निर्वाचन आचारसंहिता २०६९’ सम्बन्धी व्यवस्था, अन्य व्यवस्था र राजनीतिक दल तथा उम्मेदवारसम्बन्धी आयोजना गरेको छलफलमा आचारसंहिता स्वीकार गर्ने बताएका हुन् । राजनीतिक दलका नेताले सामाजिक सञ्जालबाट हुन सक्ने आचारसंहिता विपरीतका गतिविधि रोक्न कडाइ गर्नुपर्ने, नि

सम्बन्धित सामग्री

चितवन-२ का २९ स्थल अति संवेदनशील

काठमाडौं : आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं २ का ४३ मध्ये २९ स्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ।निर्वाचन स्थललाई दुई भागमा वर्गीकरण गर्दै बाँकी १४ स्थललाई भने संवेदनशील स्थलको सूचीमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।उपनिर्वाचनमा सबै मतदान स्थललाई सुरक्षाका दृष्टिले बराबरी महत्वका साथ लिइएको उनको भनाइ छ। “सम्पूर्ण राजनीतिक दलको ध्यान उपनिर्वाचन हुने क्षेत्रमा पर्ने भएकाले सबै उत्तिकै संवेदनशील छन्”, उनले भने, “राजनीति

सुर्खेतका २० मतदानस्थल अति संवेदनशील

सुर्खेत : सुर्खेतमा निर्वाचनका लागि कायम रहेका २० मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ। जिल्ला सुरक्षा समितिका अनुसार जिल्लाका एक सय ३९ मतदान स्थल रहेका छन्। समितिका अनुसार ८६ संवेदनशील र ३३ कम संवेदनशील छन्। यसअनुसार निर्वाचन क्षेत्र नम्बर १ मा कायम रहेका ७२ मतदानस्थलमध्ये नौ अति संवेदनशील, ६० वटा…

बाजुराका ४३ मतदान स्थल अति संवेदनशील

असुरक्षा, भूगोल, एकल दलको दबदबा लगायतका सूचकका आधारमा अति संवेदनशीलको सूचीमा राखिएको निर्वाचन कार्यालयले बताएको छ। विगतका चुनावको सिकाइ र अनुभवलाई ध्यानमा राखेर अति संवेदनशीलको सूचीमा राखिएको हो।...

मकवानपुरमा ७९ मतदानस्थल संवेदनशील

हेटौंडा : मकवानपुरमा ७९ वटा मतदानस्थल संवेदनशील रहेको पाइएको छ। दुईवटा संघीय र ४ प्रदेशसभा क्षेत्रका लागि १६७ मतदान स्थल रहेकोमा जिल्लामा ७९ वटा मतदानस्थल संवेदनशील रहेको पाइएको हो।मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले १९ मतदानस्थल अति संवेदनशील निर्वाचन क्षेत्र रहेको जानकारी दिए। उनले अति संवेदनशील १९, संवेदनशील ६० र सामान्य ८८ मतदानस्थल पहिचान गरेर सुरक्षा सुरु गरेको बताए। उनले जिल्लाको मतदान स्थलको अवस्था, भूगोल, सञ्चारको सम्पर्कताको आधारमा क्षेत्रको पहिचान गरेको र

उदयपुरका १२ मतदान स्थल अति संवेदनशील, कडा पारियाे सुरक्षा व्यवस्था

काठमाडाैँ- जिल्ला प्रशासन कार्यालय उदयपुरले स्थानीय तहको निर्वाचनमा मतदान स्थलमा कडा सुरक्षा व्यवस्था मिलाएको छ। उदयपुरका १२ वटा मतदान स्थललाई अति संवेदनशील र ५० वटा संवेदनशील रहेको भन्दै सुरक्षा व्यवस्था कडा पारेको हो। जिल्ला प्रशासन कार्यालयले निर्वाचन लक्षित ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याएसँगै अति संवेदनशील र संवेदनशील केन्द्रमा वर्गीकरण गरी सुरक्षा थ्रेटलाई ख्याल गरेर सुरक्षा […]

दाङमा ११ मतदान स्थल अति संवेदनशील

दाङ– स्थानीय तह निर्वाचन-२०७९ को दाङमा सुरक्षा तयारी मजबुत पारिएको छ। निर्वाचन सुरक्षाको लागि तीन घेराको सुरक्षा प्रबन्ध मिलाइएको हो। जसअन्तर्गत निर्वाचन सुरक्षा प्रणाली कार्यान्वयनमा आएको छ। मनोनयन दर्ताको समयदेखि निर्वाचन सुरक्षा प्रणाली कार्यान्वयनमा आएको हो। मनाेनयन दर्ता स्थल, मतदान स्थल, मतदान केन्द्र, मतगणनास्थल लगायतका ठाउँमा गरिने सुरक्षालाई चुस्त पारिने दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल […]

सर्लाहीमा एकसय तीन मतदान स्थल अति संवेदनशील

सर्लाही : आगामी ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सर्लाहीमा १०३ वटा मतदानस्थल अति संवेदनशील रहेको पाइएको छ।यातायातको असुविधा, भूगोलको विकटता र विगतका निर्वाचनमा दलहरुबीच भएका झैझगडा, विवाद लगायतलाई आधार मानेर वर्गीकरण गर्दा १०३ वटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको हो। ती मतदान स्थलमा २०५ वटा मतदान केन्द्र रहेका छन्।अति संवेदनशील मतदान स्थलहरु अधिकांश निर्वाचन क्षेत्र नम्वर ३ र ४ का रहेका छन्। यस्तै, जिल्लामा १८४ वटा मतदानस्थल संवेदनशील छन्।संवेदनशील रहेका १८४ वटा मतदान स्थलमा ३३९

प्रधानमन्त्रीको गृहजिल्लामा २१ मतदान स्थल अति संवेदनशील

डडेल्धुरा : प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा स्थानीय तह निर्वाचनको तयारी तीव्र पारिएको छ। २ नगरपालिका र ५ गाउँपालिका गरी ७ वटा स्थानीय तह रहेको डडेल्धुरामा वैशाख ३० गते हुन गइरहेको चुनावको तयारी तीव्र भएको हो।डडेल्धुरामा बिहीबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालय स्थापना भएको निर्वाचन अधिकारी करुणकर अवस्थीले जानकारी दिए।२१ अति संवेदनशील मतदान स्थलस्थानीय तहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष र विश्वसनीय बनाउन व्यवस्थापकीय सबै तयारी

सुर्खेतका २० मतदानस्थल ‘अति संवेदनशील’

कर्णाली । जिल्ला निर्वाचन सुरक्षा समन्वय समिति सुर्खेतले जिल्लाका २० मतदानस्थल ‘अति संवेदनशील’ रहेको बताएको छ । मतदानस्थलको स्थलगत निरीक्षण गर्दै समन्वय समितिले सुरक्षा चुनौतीका दृष्टिले अति संवेदनशील, सामान्य र अति सामान्य केन्द्रका रूपमा वर्गीकरण गरेको हो । समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले १३८ मतदानस्थलमध्ये सुरक्षाका हिसाबले २० अति संवेदनशील, ३३ सामान्य र ७५ केन्द्र अति सामान्य रहेको जानकारी दिए । ‘विगतका निर्वाचनमा भएका घटना, दलको प्रतिस्पर्धा, भौगोलिक अवस्था लगायतलाई आधार बनाई मतदानस्थलको वर्गीकरण गरेका छौं,’ उनले भने, ‘स्थानीय तह निर्वाचनमा मतदानस्थलको अवस्थाका आधारमा सुरक्षा व्यवस्था मिलाइनेछ, ती मतदानस्थलबाट मतगणनास्थलसम्म मतपेटिकालाई सुरक्षित ढुवानी गर्न समेत आवश्यक सुरक्षा सजगता अपनाइनेछ ।’ प्रमुख जिल्ला अधिकारी रिजाल, प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेसहित सुरक्षा निकायका प्रमुखको टोलीले जिल्लाका नौ स्थानीय तहमध्ये लेकबँेशी र भेरिगंगा नगरपालिकाका मतदानस्थलबाहेक अन्य सबै स्थानको निरीक्षण गरिसकेको छ । यसपटक सम्बन्धित स्थानीय तहको मुकाममा नै मतगणना हुँदै छ । निर्वाचन आयोगले मतगणना स्थलमा सीसीटीभी क्यामरा जडान गर्न निर्देशन दिएपछि सुरक्षा टोलीले मतगणना स्थल निरीक्षण गरेको छ । प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘अधिकांश मतगणना स्थलमा क्यामरा जडान भइसकेका रहेछन्, बाँकी स्थानमा पनि छिटो जडान गर्न निर्देशन दिएका छौं ।’ २०७४ सालको निर्वाचनमा जस्तो यसपटक भूमिगत समूहको हिंसात्मक गतिविधि नहुने सुरक्षा निकायको विश्लेषण छ । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले निर्वाचनका लागि आवश्यक व्यवस्थापकीय तयारी भइरहेको बताए । मतदान र मतगणना स्थलमा खटिने कर्मचारीको व्यवस्थापन, मतपेटिकाको मौज्दात विवरण अध्ययन, आवश्यक मसलन्दका सामग्रीको व्यवस्थापन गरिरहेको उनको भनाइ छ । सुर्खेतमा दुई लाख ३८ हजार ४५७ मतदाता छन् । रासस

तनहुँमा तीन वटा मतदान स्थल अति संवेदनशील

वैशाख १० गते यहाँ हुने उपनिर्वाचन तीन वटा मतदानस्थल ‘अति संवेदनशील’ रहेका छन् । मतदानस्थलको स्थलगत निरीक्षण गर्दा सो सङ्ख्यामा अति संवेदनशील रहेको पाइएको जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले जनाएको छ । समितिले सुरक्षा चुनौतीका दृष्टिले अति संवेदनशील, संवेदनशील र सामान्य केन्द्रका रुपमा वर्गीकरण गरेको छ ।