सुर्खेत । जिल्लामा बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । बालिका बलात्कारको आरोपमा दुल्लु नगरपालिका –९ रोकायाबाँडाका २८ वर्षीय तेजबहादुर रोकायालाई प्रहरीले पक्राउ गरेको हो । गत बिहीबार काफल खान गएको मौका छोपी रोकायाले १३ वर्षीय बालिकालाई बलात्कार गरेको सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक अनुपम श्रेष्ठले बताए ।श्रेष्ठका अनुसार घरबाट पाँच मिनेटको दुरीमा रहेको जंगलमा काफल खान गएको मौका छोपी ती बालिकालाई बलात्कार गरेको सूचनाका