काठमाडौं– राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वबीच राप्रपा नेपालको एकता घोषणासभा आयोजना गरिएको छ । यसअघि लिङ्देन र थापाले गत ९ पुसमा एकता घोषणा गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै एकता घोषणा भइरहेको छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
केही दिनदेखि सञ्चार माध्यममा २०७९ सालमा निर्वाचन लडेका हजार बढी उम्मेदवारले खर्च नबुझाएको समाचार छरपस्ट छ । जसमा नेपाली कांग्रेसका गगनकुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम लगायत चर्चित राजनीतिज्ञले समेत निर्वाचन खर्च विवरण नबुझाएको खुलाइएको छ । सोहीकारण उनीहरु आयोगको कालोसूचीदेखि आगामी निर्वाचनका लागि अयोग्य रहेको उल्लेख गरिएको छ । सोबारे रिपोर्टिङका लागि खबरहब […]