प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं : आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। दिउँसो १ बजे बस्ने भनिएको बैठक भोलि बिहान ११ बजे सम्मलाई स्थगित भएको हो। प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सूचना निकालेर विशेष कारणबस आजको बैठक स्थगित भएको जनाएका छन्। राष्ट्रियसभा बैठक भने आज बस्दैछ। बैठकमा केही विधेयक छलफल तथा पारितका लागि पेश गरिँदैछ। दिउँसो ३ बजे बस्ने बैठकमा सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धि पत्रको व

सम्बन्धित सामग्री

१६ दिन पछि बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित

२९ भदौ, काठमाडौं । १६ दिनपछि बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमण र संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गर्ने विषयमा जानकारी गराए । ‘ प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर उतैबाट असोज ५ गते चीन जाने कार्यक्रम छ । प्रधानमन्त्रीले आफ्नो […]

प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौँ – प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश स्थगित भएको संसद सचिवालयले जनाएको छ। प्रतिनिधिसभा सचिवालयका सचिव गोपालनाथ योगीले सूचना जारी गर्दै अर्को बैठक भोलि बिहान ११ बजे बस्ने जनाएका छन् । आजको बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको २०७७/०७८ वार्षिक प्रतिवेदन […]

शनिवारको लागि तोकिएको प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं : शनिवार १ बजेका लागि तोकिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएका छन्। अर्को बैठक अब बुधवार ११ बजे बस्ने सूचनामा उल्लेख छ। 'मिति २०७९ साल भदौ २५ गते शनिबार दिनको १:०० बजे बस्ने गरी निर्धारण…

आजको प्रतिनिधि सभाको बैठक स्थगित

काठमाण्डाै - आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रतिनिधि सभा सदस्य एवम् कांग्रेस नेता प्रदीप गिरिको निधनका कारण स्थगित भएको हो । नेपाली कांग्रेसको आग्रहमा आजको बैठक स्थगित गरिएको हो । प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । नेता गिरिको गएराति साढे ९ बजे मेडिसिटी अस्पतालमा निधन भएको हो ।  उहाँको आजै अन्त्येष्टि गर्ने तयारी छ ।

फागुन २९ गतेसम्मको लागि प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं : प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। फागुन २९ गते आइतबार बस्नेगरी बैठक स्थगित भएको सभामुख अग्निप्रसाद सापकोटाले बताए। आजको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विरुद्धको महाभियोगमा सिफारिस समिति गठन गरेको छ। सभामुखले बैठक अगाडि बढाउदै गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने नाराबाजी गरिरहेका कारण बीचैमा बैठक स्थगित भएको हो ।एमालेले आफूबाट अलग भएर ने क पा एकिकृत समाजवादी दल खोलेर गएका सांसदहरुलाई निस्कासन गर्न एक सुत्रीय माग राखेर महिनौंदेख

आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित

काठमाण्डाै - आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । बैठक अब आउँदो २६ गते बस्नेछ । संसद् सचिवालयले विज्ञप्ति निकालेर कोभिड-१९ सङ्क्रमणको जोखिम यथावत् रहेको कारण बैठक स्थगित गरिएको जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको लगातारकाे अवरोधका कारण संसद् बैठक नियमित कार्यसूचीमा अगाडि बढ्न सकेको छैन । यस्तै, संसद् बैठक स्थगित भएसँगै आजका लागि बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ ।

प्रतिनिधि सभाको बैठक स्थगित, अर्काे बैठक पुस २८ गते बस्ने

काठमाण्डाै – भोलि बिहीवारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । अर्को बैठक यही पुस २८ गते बुधवार बस्नेछ । सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले आज बुधवार सूचना निकालेर बैठक यही पुस २८ गते दिउँसो १ बजे बस्ने जानकारी गराउनुभएको हो । ‘प्रतिनिधि सभा नियमावली २०७५ को नियम (६) को उपनियम (३) बमोजिम प्रतिनिधि सभाको अर्को बैठक यही पुस २८ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको छ’ , सूचनामा भनिएकाे छ । यसअघि पुस १८ गतेका लागि बोलाइएको बैठक पनि सूचना टाँसेर...

प्रतिनिधि सभाको बैठक स्थगित

आज दिउँसो १ बजे बस्ने तय भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।  संघीय संसदका महासचिव भरतराज गौतमले आज जारी गरेको सूचनामा ‘विशेष कारणबश’ प्रतिनिधि सभाको बैठक स्थगित भएको उल्लेख...

माओवादीको आग्रहमा प्रतिनिधि सभाको बैठक स्थगित

आज बस्ने तय भएको प्रतिनिधि सभाको बैठक २२ गतेसम्मका लागि स्थगित भएको छ । सत्तारुढ नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीको महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेपछि प्रतिनिधि सभा बैठक स्थगित भएको बताइएको छ ।

प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौँ – प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक नेकपा माओवादी केन्द्रको महाधिवेशन लम्बिएका कारण स्थगित भएको हो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक बर्ष २०७७/७८ पेश गर्ने एउटा मात्रै कार्यसूची थियो। यससँगै बिहान साढे ११ बजे बस्ने भनिएको कार्यव्यवस्था […]