विष्णु पौडेललाई चुनाव जित्न सजिलाे बनाउँदै गठबन्धनः बालकृष्ण खाँडदेखि राजु गुरुङसम्मकाे चर्चा

लगातार रुपमा ३ पटकसम्म आफ्ना प्रतिष्पर्धीहरुलाई भारी मतान्तरले पराजित गराएर सांसद कोटा सुरक्षित बनाउँदै आएका नेता पौडेललाई आगामी मंसिर ४ गते तोकिएको चुनावमा चुनौती दिन सत्तागठबन्धनले साझा उम्मेदवारको टुंगो अझै लगाउन नसकिरहेको बेला कांग्रेसले आफ्ना ४ जना नेताहरुको नाम सिफारिस गरेको छ भने नेकपा एसले गठबन्धनबाट साझा उम्मेदवारको रुपमा पार्टीका लुम्बिनी प्रदेश सचिव राजु गुरुङलाई अगाडि बढाउने निर्णय गरेको छ ।