लोकतन्त्रको रक्षाका लागि विशेष भूमिका खेल्न सभामुखलाई विपक्षी दलका शीर्ष नेताको आग्रह

काठमाण्डौ – पूर्व प्रधानमन्त्री र दलका शीर्ष नेताहरुले लोकतन्त्रको रक्षाका लागि सभामुखले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।  सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा आज बसेको सर्वदलीय बैठकमा उनीहरुले लोकतन्त्रको रक्षाका लागि सभामुखको भूमिका महत्त्वपूर्ण हुने बताएका हुन् । छलफलपछि जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले आफूहरुले लोकतन्त्रको रक्षाका लागि पर्न सुझाव दिएको बताउनुभयो ।  छलफलका क्रममा नेताहरुले राष्ट्रपति र प्रधानमन्त्रीले गैरसंवैधानिक रुपमा संसदको विघटन...