रुपन्देहीको सीमावर्ती क्षेत्रबाट एक युवक बेपत्ता, अपहरण भएको भन्दै प्रहरीमा उजुरी

रुपन्देही - रुपन्देहीका एक युवक सम्पर्कविहीन भएका छन् । सीमावर्ती क्षेत्र दशगजाबाट रोहिणी गाउँपालिका-२ मैनिहवाका २१ वर्षका अनिल कहार अपहरणमा परेका प्रहरीले जनाएको छ । अनिलकाे परिवारकाअनुसार घरमै रहेका उनलाई केही व्यक्तिले अस्ति दशगजा क्षेत्रमा बोलाएका थिए । ती व्यक्तिलाई भेट्न भन्दै अस्ति बेलुका अनिल दशगजा गएका तर त्यसपछि  परिवारको सम्पर्कमा नआएका आमा सुधा कहारले बताउनु भएको छ । अस्ति बेलुकादेखि हराइरहेका अनिलको बारेमा हिजो बेलुका मात्रै परिवारका सदस्यले प्रहरीमा उजुरी गरेका थिए । उनीहरुले अनिलको अ...