देउवा प्रचण्डको पुरानै आश्वासन- उपनिर्वाचन जिताएर पठाउनुस् मन्त्री बनाउँछौँ

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनका उम्मेदवारलाई उपनिर्वाचन जिताए मन्त्री बनाउने आश्वासन दिएका छन्। आज तनहुँ क्षेत्र नम्बर १ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई जिताएर पठाउन आग्रह गरे। त्यसअघि पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सांसद बनाएर पठाए मन्त्री बनाउने बताएपछि प्रचण्डले पनि त्यसमा आफू सकारात्मक रहेको बताए। मंसिर ४ को निर्वाचनमा समेत हरेक निर्वाचन क्षेत्रमा पुगेर प्र

सम्बन्धित सामग्री

लुम्बिनीमा राष्ट्रिय सभाको उपनिर्वाचन सुरु

२५ माघ, दाङ । लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनको मतदान सुरु भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान १० बजेदेखि मतदान सुरु भएको हाे । पहिलाे मतदान लुम्बिनी प्रदेश सभा सदस्य एवं मन्त्री चेतनारायण आचार्यले गरे । अहिले मतदान जारी छ । मतदानका लागि १० देखि अपराह्न ३ बजेसम्मको समय तोकिएको प्रदेश निर्वाचन कार्यालय […]

पुन: नागरिकता लिएर उपनिर्वाचन लड्न पाउनेछन् रवि लामिछाने

काठमाडौं । निवर्तमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पुन नागरिकता लिएर उपनिर्वाचन लड्न पाउने भएका छन् । पुनः जारी नगरेर पुरानै नागरिकता अनुसार प्रतिनिधि सभाको निर्वाचन लडेका लामिछानेको नागरिकता अवैध भएको सर्वोच्च अदालतले फैसला गरेपछि उनको मन्त्री र सांसद पद एकै पटक गएको छ । सर्वोच्च अदालतको आदेशले पदमुक्त भएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने […]

राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा हुने

काठमाडौँ। राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते हुने भएको छ। बिहीबार सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने एक राष्ट्रियसभा सदस्य सीटका लागि माघ २५ गते निर्वाचन गर्ने निर्णय गरेको मन्त्री दामोदर भण्डारीले जानकारी दिए।

संविधानअनुसार उपनिर्वाचन गराउन नसक्नु सत्ता गठबन्धनको असक्षमता हो : प्रभु साह

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री प्रभु साहले संविधान अनुसार उपनिर्वाचन गराउन नसक्नु सरकार र पाँच दलीय गठबन्धनको असक्षमता रहेको बताएका छन् ।  मधेस प्रदेशको धनुषा जिल्लामा पुगेका नेता साहले विभिन्न पालिकामा पार्टी नेताकार्यकर्तासंग भेटघाट गर्दै यस्तो बताएका हुन् । संविधान अनुसार प्रतिनिधिसभा र प्रदेशसभामा रिक्त रहेको ठाउँमा ६ महिनाभित्र उपनिर्वाचन गराउनुपर्ने हो । तर, सरकार र निर्वाचन आयोगमा रहेकाहरु संविधान अनुसार उपनिर्वाचन गराउन नसक्ने असक्षमहरुको जमात भएको टिप्

प्रतिक्रियावादीको कुनै षड्यन्त्रले एमाले कमजोर हुँदैन : प्रभु साह

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री प्रभु साहले प्रतिक्रियावादीको कुनै पनि षडयन्त्रले अब एमाले पार्टीलाई कमजोर बनाउन नसक्ने दाबी गरेका छन् । उनले एमालेको लोकप्रियतासँग डराएर नै पाँच दलीय गठबन्धनले पद रिक्त रहेका कतिपय स्थानमा उपनिर्वाचन नगराएको बताए । शुक्रबार गृहजिल्ला रौतहटको चन्द्रनिगाहपुरस्थित एमाले नगर कमिटीद्वारा आयोजित अगुवा भेलालाई सम्बोधन गर्दै साहले नेकपा माओवादी केन्द्रबाट एमालेमा गएका नेताहरुले सामूहिक राजीनामा दिने भन्ने आशयको खबर भ्रामक र गलत रहेको बताए ।

उपनिर्वाचन गराउन सरकार र निर्वाचन आयोग असक्षम : प्रभु साह

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री प्रभु साहले संविधान अनुसार उपनिर्वाचन गराउँन नसक्नु सरकार र पाँच दलीय गठबन्धनको असक्षमता रहेको बताएका छन् । मधेस प्रदेशको धनुषा जिल्लामा पुगेका नेता साहले बिभिन्न पालिकामा पार्टी नेताकार्यकर्तासंग भेटघाट गर्दै यस्तो बताए । संविधान अनुसार प्रतिनिधि सभा र प्रदेश सभामा रिक्त रहेको ठाउँमा ६ महिनाभित्र […] The post उपनिर्वाचन गराउन सरकार र निर्वाचन आयोग असक्षम : प्रभु साह appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमालेको डरले गठबन्धन सरकारले उपनिर्वाचन नगरेको प्रभु साहको दाबी

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री प्रभु साहले पाँच दलीय गठबन्धनले डराएर उपनिर्वाचन नगराएको बताएका छन्। एमाले चन्द्रपुर नगर कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै साहले...

राष्ट्रियसभा सदस्य उपनिर्वाचन आचारसंहिता लागू

काठमाडौं । वाग्मती प्रदेशमा आगामी जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा गर्न  व्यक्ति, निकाय तथा अधिकारीलाई बुधबारदेखि नै निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचारसंहिता लागू गरिएको छ । सङ्घीय सरकार र मन्त्री, प्रदेश सरकार र स्थानीय तह, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय र कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय  कर्मचारीलाई आचारसंहिता लागू हुने छ ।नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, र