प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेट

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शनिबार बिहान भक्तपुरको बालकोटस्थित ओली निवासमा दुबै जनाबीच एक्लाएक्लै भेटवार्ता भएको हो ।एमालेले प्रतिनिधिसभा बैठकमा गरेको निरन्तर अवरोध हटाउनेलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न शनिबार बिहान करिब १० बजेर ३० मिनेटमा बालकोट पुगेका थिए […]