झापा एफसी बी डिभिजनमा उक्लियो, वीरगंज र ओएसिस रेलिगेसनमा

काठमाडौं: शहीद स्मारक सी डिभिजन लिगबाट झापा एफसी बी डिभिजन लिगमा प्रोमोसन भएको छ। आज सम्पन्न खेलमा वीरगंज युथ क्लबमाथि ५-० को फराकिलो जित निकालेसँगै झापाले बी डिभिजनमा स्थान सुरक्षित गरेको हो। आज सम्पन्न खेलमा झापालाई जित दिलाउन पुजन राईले ह्याट्रिकसहित ४ गोल गर्दा सन्तोष लावतीले एक गोल गरेका थिए।…