काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन तस्करीको विषयमा छानबिन समिति गठन गर्न माग गर्दा बोल्न नदिएको आरोप लगाएका छन्। शनिबार गुरू लुइँटेल स्मृति प्रतिष्ठानको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले संसदमा सुन तस्करीको विषयमा समिति गठन गर्न माग गर्दा सत्ता पक्षले अवरोध गरेको बताएका हुन्। ‘सरकारले छानबिन गर्न मात्रै नदिएको होइन। प्रतिपक्षले उठेर सुन तस्करीको छानबिन भन्ने वित्तिकै सत्ता पक्ष जुरूक्क उठेर हाहु...हाहु गर्छ। केही सुन्न पाइँदैन। भन्न, बो