एक बलिउड नायिकाको परी कथा जस्तो जिन्दगीको दुःखद अन्त्य

बलिउडको क्लासिक लभ स्टोरी हिरा रांझामा हिरा बनेकी प्रिया राजवंशको जिन्दगी कुनै पनि परी कथा भन्दा कम थिएन । शिमलाको सुन्दर उपत्यकामा जन्मिएकी प्रिया, पढाइका लागि अचानक लन्डन पुगिन् । त्यहाँ एक फोटोग्राफरले उनको तस्बिर खिचे जसले बलिउडमा हलचल नै मच्चाइदियो र त्यो एउटा तस्बिरले उनलाई विद्यार्थीबाट अभिनेत्री बनायो । खासै ठूलो संघर्ष नगरीकन उनी फिल्मको अभिनेत्री बनिन् । तर ७ वटा फिल्मपछि उनको करियरमा बिराम लाग्यो ।फिल्मबाट अलग भएपछि प्रिया फिल्म निर्माता–निर्देशक चेतन आनन्दसँग सँगै बस्न थालिन् ।