एनआईसी एसिया बैंकको पर्सा लंगडी शाखामा चोरी

१८ भदौ, वीरगञ्ज । पर्साको लंगडी बजारमा रहेको एनआईसी एसिया बैंकको शाखा कार्यालयमा चोरी भएको छ । बिहीबार राति मूलगेटको सटर फोडेर धोबीनी गाउँपालिका–४ लंगडी बजारमा रहेको बैंकको शाखा कार्यालयमा चोरी भएको प्रहरीले जनाएको छ । बैंकबाट एक थान ल्यापटप, कम्प्युटरका केही सामान चोरी भएको बैंकका शाखा प्रबन्धक सचितानन्द चौहानले जानकारी दिए । चोरी गर्नेहरुले […]