काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मधेस प्रदेशमा गुणस्तरीय स्वास्थ्य शिक्षा विस्तार, दक्ष जनशक्ति उत्पादन तथा विशेषज्ञ स्वास्थ्य सेवा विस्तारका लागि छुट्टै विधेयक ल्याउनुपरेको बताएकी छन् । प्रतिनिधिसभामा ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बनेको विधेयक, २०८३’ माथि उठेका प्रश्नको जवाफ दिँदै उनले संविधानले सुनिश्चित गरेको स्वास्थ्यसम्बन्धी हकलाई थप प्रभावकारी रूपमा कार्यान्वयन […]
एजेन्सी । अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले फकल्यान्ड टापु नजिकै बेलायतको अनुमतिमा अघि बढिरहेको सी लायन तेल परियोजना नरोके बेलायतविरुद्ध अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएका छन् । राष्ट्रपति मिलेईले उत्तरी फकल्यान्ड बेसिनमा अर्जेन्टिनाका प्राकृतिक स्रोतको अवैध दोहन भइरहेको दाबी गर्दै विदेश मन्त्रालय र कानुनी टोलीलाई बेलायतविरुद्ध मध्यस्थता प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् । […]
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार दोस्रो कारोबार सत्रमा बढेको छ। मध्यपूर्वमा जारी अमेरिका–इरान द्वन्द्वका कारण आपूर्ति थप प्रभावित हुन सक्ने चिन्ताले निर्यात सुधारका संकेतलाई ओझेलमा पारेको Reuters ले जनाएको छ। मंगलबार ०६२६ GMT सम्म नोभेम्बर डेलिभरीको ब्रेन्ट क्रुड १.७१ डलर अर्थात् १.६ प्रतिशत बढेर प्रतिब्यारेल १०६.९९ डलर पुगेको थियो। बढी कारोबार हुने डिसेम्बर ब्रेन्ट […]
१३ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भारतीय राजदूत नविन श्रीवास्तवसँग बिदाइ भेट गरेका छन् ।
प्रधानमन्त्री शाहले केहीबेर अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजदूत श्रीवास्तवसँग बिदाइ भेट गरेका हुन् ।
भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले सफल कार्यकाल …
१३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि असोज १६ गतेदेखि हुने तय थियो। २ दिन ढिलो गरी सुरु हुने महाधिवेशन काठमाडौंको खुलामञ्चमा हुने कांग्रेसले जनाएको छ।
कांग्रेस केन्द्रीय …
काठमाडौं- पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ। सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालयको ४३औँ सभाले रजिस्ट्रार प्रा.डा. पन्नाबहादुर थापाले प्रस्तुत गरेको आय–व्यय विवरण तथा नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो। विश्वविद्यालयले आगामी […]