नेपाल–इजरायल व्यापार सम्बन्ध

नेपाल इजरायलबीच दौत्य सम्बन्धको स्थापना सन् १९६० मा भयो भने सन् १९६१ मा काठमाडौंमा इजरायली राजदूतावास स्थापना भयो । यसपछि दुवै देशबीच सम्बन्ध प्रगाढ हुँदै आएको छ । उक्त सम्बन्धको एक महत्त्वपूर्ण पाटोको रूपमा द्विपक्षीय व्यापार सम्बन्ध पनि रहँदै आएको छ । नेपाल र इजरायलबीच दुवै पक्षलाई लाभ हुने गरी आर्थिक गतिविधिहरूको पहिचान र सञ्चालन गर्ने एक व्यावहारिक मोडल स्थापित गर्न सकिन्छ । आर्थिक वर्ष २०२०/२१ मा नेपाल र इजरायलबीच करीब रु. १ अर्ब ५४ करोड बराबरको व्यापार भएको देखिन्छ । यस अवधिमा नेपालबाट करीब रु. १ करोड २५ लाख बराबरका विभिन्न वस्तुहरू निर्यात भएका छन् भने इजरायलबाट करीब रु. १ अर्ब ५३ करोड बराबरका विभिन्न वस्तुहरू नेपालमा आयात भएको देखिन्छ । २२ वर्षयता नेपालबाट इजरायलतर्फ हुने निर्यातमा लगभग जडताको स्थिति रहेको छ भने इजरायलबाट हुने आयातमा करीब ५९ गुणाले वृद्धि भएको छ ।   आर्थिक वर्ष २०२०/२१ मा नेपालबाट इजरायलमा निर्यात भएका वस्तुहरूमा संगीतका साधन, सूर्तीजन्य पदार्थ, ऊनी गलैंचा, फेल्ट, तयारी पोशाक, सुगन्धित धूप, सुतीका झोला र बोरा, जडीबुटी, हस्तकलाका सामानहरू, आयुवेर्दिक औषधी, पश्मिना सल, धातुका मूर्ति, झोला, हस्तकलाका सामानहरू प्रमुख रूपमा रहेका छन् ।   इजरायलबाट यस अवधिमा नेपालमा हुने आयातमा हल्का पेयपदार्थको कच्चापदार्थ, मेशिनरी तथा पार्टस, चिकित्सकीय तथा वैज्ञानिक अनुसन्धानका सामानहरू तथा परिष्कृत रसायन रहेका छन् । यी पाँचवटा वस्तुहरूको योगदान नेपालमा इजरायलबाट हुने आयातको करीब ८८ प्रतिशत रहेको छ । इजरायलबाट हुने आयातमा औद्योगिक कच्चा पदार्थ तथा क्यापिटल गुड्सको बाहुल्य रहेबाट नेपालको औद्योगिकीकरणमा त्यहाँबाट हुने आयातले सकारात्मक योगदान दिएको पाइन्छ । उपर्युक्त तथ्यांकका माझ नेपालबाट इजरायलमा हुने निर्यातको बास्केट र आयतन दुवै सीमित रहेको देखिन्छ । यस अवस्थामा नेपालबाट इजरायलमा हुने निर्यातको आकारलाई वृद्धि गर्नु प्रमुख चुनौतीका रूपमा रहेको छ । यस चुनौतीका माझ निर्यात व्यापार विस्तार गर्न सकिने थुप्रै सम्भावनाहरू पनि रहेका छन् । नेपालको वर्तमान निर्यात क्षमता तथा इजरायलको आयात व्यापारलाई हेर्दा दुग्ध पदार्थ (विशेष गरी चीज), कफी, जडीबुटी, चाउचाउ, प्लाइउड, सेन्थेटिक यार्न, तयारी पोशाक, जुत्ता, चाँदीका गहना, कन्ट्याक्ट लेन्स तथा सेनेटरी प्याड जस्ता वस्तुको निर्यात सम्भावना रहेको देखिन्छ । यी वस्तुहरूको सेरोफेरोमा रही नेपालको इजरायलतर्फको निर्यात प्राथमिकताहरू निर्धारण हुनुपर्ने देखिन्छ । यी ११ वस्तुहरूमा इजरायलको आयात करीब रु. ४ खर्ब ८० अर्ब जति रहेको देखिन्छ ।   नेपालको निर्यात अभिवृद्धि गर्न नेपाली व्यवसायी र इजरायली व्यवसायीहरूबीच तत्तत् वस्तुहरूको उत्पादन वृद्धि र गुणस्तरको सुनिश्चितता गर्न  सहकार्य आवश्यक छ । सन् १९९३ मा नेपाल उद्योग वाणिज्य महासंघ र फेडरेशन अफ इजरायली चेम्बर अफ कमर्शबीच सम्पन्न द्विपक्षीय सम्झौता उपयोगी हुन सक्दछ । कृषि क्षेत्र खासगरी, कृषि प्रशोधन उद्योगमा इजरायली लगानी नेपाली कृषिजन्य वस्तुहरू इजरायलमा निर्यात गर्न कोशेढुंगा साबित हुने देखिन्छ । यस्तै, इजरायलबाट प्राप्त हुने सहायतामा संस्थागत सुदृढीकरण तथा नेपाली निर्यातकर्ता उद्योगहरूको क्षमता अभिवृद्धिमा केन्द्रित गर्नेगरी दुई देशबीच सहकार्य हुन पनि त्यत्तिकै जरुरी छ । विशेषगरी गुणस्तर प्रमाणीकरण गर्ने संस्थाको क्षमता अभिवृद्धिमा इजरायलको आर्थिक तथा प्राविधिक सहयोगले गुणस्तरसम्बन्धी विद्यमान अन्योललाई हटाउन धेरै हदसम्म सहयोग पुग्ने देखिन्छ । प्रयोगशालाको स्तरोन्नति र प्राविधिकहरूको क्षमता अभिवृद्धिमा इजरायलको अनुभव नेपाली पक्षलाई धेरै लाभदायी हुने देखिन्छ । यस प्रकारका सहकार्यले नेपाल र इजरालयबीच गुणस्तरका सम्बन्धमा पेष्ट रिस्क एनालाइसिस (पीआरए) तथा म्युचुअल रिकग्निशन एग्रिमेण्ट (एमआरए) जस्ता सम्झौतामा पुग्न मद्दत पुग्ने देखिन्छ । यस प्रबन्धले नेपालको कृषिजन्य उत्पादनको निर्यातमा विद्यमान गुणस्तरसम्बन्धी बोटलनेकको समस्या समाधान हुन जाने देखिन्छ । यो बोटलनेक पार हुनासाथ इजरायल मात्र नभई अन्य विकसित मुलुकमा समेत नेपाली कृषिजन्य उत्पादनले बजार प्रवेशमा ब्यहोरिरहेको व्यवधान कम गर्न थप मद्दत पुग्न जाने निश्चित छ ।   नेपाल र इजरायलका उत्पादनलाई एक अर्काका बजारमा परिचित बनाउने दिशामा पनि दुवै देशबीच थप सहकार्य हुन जरुरी देखिएको छ । इजरायल र नेपालमा आयोजना हुने व्यापार मेलामा दुवै देशको सहुलियतपूर्ण सहभागिता तथा इजरायली व्यापारी र नेपाली व्यापारीहरू बीच नियमित भेटघाटको वातावरण बनाइनुपर्छ । नेपाल र इजरायलबीच उल्लिखित क्षेत्रमा सहकार्यसहित निर्यात प्रवर्द्धन नीति अंगीकार गर्नु दुवै देशको हितमा रहेको देखिन्छ । इजरायलले ख्यातिप्राप्त क्षेत्रमा प्रविधिसहितको लगानी आमन्त्रणका माध्यमबाट निर्यात प्रवर्द्धन गर्ने रणनीति अंगीकार गर्नु पनि त्यत्तिकै जरुरी छ । नेपालमा उपलब्ध स्वच्छ पानीलाई प्रचलित अन्तरराष्ट्रिय मापदण्ड अनुसार बोटलिङ गरी विदेश निर्यात गर्नेतर्फ नेपाल र इजरायलबीच दीर्घकालीन सहकार्य हुन जरुरी छ । दुवै देशबीच संयुक्त लगानी, इजरायली प्रविधि तथा बजार प्रवर्द्धनमा इजरायली अनुभव र उपलब्ध व्यापारिक सञ्जालको त्रिवेणीमा पिउने पानी निर्यात नेपाल र इजरायल द्विपक्षीय आर्थिक सम्बन्ध बलियो बनाउन प्रस्थान विन्दुका रूपमा रहने निश्चित छ । वस्तु व्यापारका अतिरिक्त सेवा व्यापारका क्षेत्रमा पनि नेपाल र इजरायलबीच धेरै सम्भावनाहरू रहेका छन् । इजरायलमा विद्यमान श्रम बजार र नेपालमा विद्यमान दक्ष जनशक्तिको बजार दुवै देशको सहकार्यको अर्को महत्त्वपूर्ण क्षेत्रका रूपमा रहेको छ । नेपाली विद्यार्थीका लागि इजरायल नयाँ गन्तव्यको रूपमा विकास हुने सम्भावना पनि उत्तिकै छ भने नेपाललाई हिमालय केन्द्रित इजरायली पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना पनि उत्तिकै छ । यी सहकार्यहरूले नेपाल र इजरायलबीचको वर्तमान सेवा व्यापारलाई नयाँ उचाइमा पुर्‍याउन मद्दत हुने देखिन्छ । यसरी नेपाल र इजरायलबीचको व्यापारिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउन दुई देशबीचका सरकारी संयन्त्र र निजी क्षेत्रका प्रतिनिधिमूलक संघसंस्था तथा निजी क्षेत्र तीनै पक्षबीच आवश्यक पहल हुन जरुरी छ । तत्कालीन विषम परिस्थिति, प्रतिकूल समय र जटिल विश्व राजनीतिलाई चिर्दै स्थापित नेपाल र इजरायलबीचको मित्रतायुक्त वर्तमान आर्थिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन दुई देशका प्राज्ञिकहरू माझ नियमित अन्तरक्रिया र अनुभव आदानप्रदानको संगठित प्रयास हुन पनि जरुरी छ । यी प्रयासहरूले नेपाल र इजरायलबीच वर्तमान र भावी समयका सम्भावनाहरूलाई उजागर गर्नुको साथै दुवै पक्षलाई लाभ हुने गरी आर्थिक गतिविधिहरूको पहिचान र सञ्चालन गर्ने एक व्यावहारिक मोडल स्थापित गर्न समेत थप मद्दत पुग्ने देखिन्छ ।    व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन् ।

सम्बन्धित सामग्री

इजिप्टसँग आर्थिक सम्बन्ध मजबुत बनाउन पाकिस्तानद्वारा कायरोमा व्यापार सम्मेलन

इस्लामावाद, २४ पुस । पाकिस्तानले इजिप्टसँगको आर्थिक सम्बन्धलाई मजबुत बनाउन इजिप्टको राजधानी कायरोमा पाकिस्तान–अफ्रिका व्यापार सम्मेलन आयोजना गरेको पाकिस्तानी वाणिज्य मन्त्रालयले जनाएको छ । पाकिस्तानले इजिप्टमा सयभन्दा बढी कम्पनी सहित चौथो पाकिस्तान–अफ्रिका व्यापार विकास सम्मेलन तथा प्रदर्शनी मङ्गलबारदेखि बिहीबारसम्म चल्ने मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको हो । पाकिस्तानका दुई सयभन्दा बढी व्यवसायीहरू इन्जिनियरिङ सामान, खाद्य तथा […]

‘नेपाल र बङ्गलादेश सम्बन्ध जनस्तरसम्म पुर्‍याउनुपर्छ’

नेपाल र बङ्गलादेशबिच रहेको सांस्कृतिक, पर्यटन र व्यापार सम्बन्ध जनस्तरसम्म पुगाउन सके द्विपक्षीय विकासको गति बढाउन सकिने एक कार्यक्रमका सहभागीहरूले बताएका छन्।आज नेपाल पर्यटन बोर्डको सभा हलमा आयोजित ‘नेपाल–बङ्गलादेश व्यापार, पर्यटन र संस्कृति’ नामक गोष्ठी...

दक्षिणी छिमेकीसँगको व्यापार सम्बन्ध

नेपाल–भारत अन्तरसरकारी समितिको सचिवस्तरीय बैठक अर्थात् आईजीसीको बैठकमा जहिले पनि ठोस सहमति हुन सकेको देखिँदैन । २०७३ वैशाख–साउनतिर मात्र नेपाल–भारतबीच एक दर्जनभन्दा बढी दुईपक्षीय वार्ता भएका थिए । यस्तो प्रवृत्ति नेपाल–भारतबीच सम्बन्ध बिग्रेको वा नाकाबन्दी भएपश्चात् हुँदै आएको देखिन्छ । त्यस बेला गृहसचिवस्तरीय बैठक पनि गर्ने प्रस्ताव गरिएको देखिन्छ । २०७४ को फागुनमा प्रकाशमा आएअनुरूप […]

चीन-नेपाल सम्बन्ध: राजनीतिक चासो बढ्दो, व्यापार भने चीनले चाहँदा मात्र

चिनियाँ बजारलाई नेपालले प्रयोग गर्ने लक्ष्य सरकारको नीतिमा देखिए पनि व्यापार हिस्साको हिसाबले चीनसँग नेपालको व्यापार असन्तुलन बढ्न गएको छ ।

भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्छ : भट्टराई

काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटका सिद्धान्त तथा प्राथमिकताका बारेमा छलफल भएको छ । छलफलमा सहभागीहरुले संविधानको मर्म र भावनाअनुसार बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । बैठमा भाग लिँदै जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्ने बताउनुभयो । नेपालले […]

बाबुराम भट्टराईले भने : भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्छ

४ जेठ, काठमाडौं। जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्ने आवश्यकता भएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा माथिको छलफलमा बोल्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् । उनले नेपालले भारतसँग सुघौली सन्धिपछि मुलुक परनिर्भतामा गएकाले […]

भारतसँगको द्विपक्षीय व्यापार सम्बन्ध

नेपाल–भारतबीचको व्यापार अन्तर्राष्ट्रिय मापदण्डबमोजिम पारवहन र भूपरिवेष्टित देशको सम्बन्धका आधारमा दुवै देशले पालना गर्नु दुवै देशको कर्तव्यभित्र पर्छ । नेपाल–भारत अन्तरसरकारी समितिको सचिवस्तरीय बैठक अर्थात् आईजीसीको बैठकमा जहिले पनि खास वा ठोस सहमति हुन सकेको देखिँदैन । २०७३ वैशाख–साउनतिर मात्र नेपाल–भारतीबच एक दर्जनभन्दा बढी दुईपक्षीय वार्ता भएका थिए । यस्तो प्रवृत्ति नेपाल–भारतबीच सम्बन्ध बिग्रेको वा […]

बेलायतसँगको व्यापार सहजीकरणमा पहल गर्न राजदूत आचार्यलाई चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले बेलायतसँग व्यापार सहजीकरण तथा निर्यात प्रवर्द्धन गर्न भूमिका खेल्न नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यलाई आग्रह गरेको छ । बेलायतसँग नेपालको कूटनीतिक सम्बन्ध दुई सय वर्षभन्दा बढी भए पनि आर्थिक र व्यावसायिक सम्बन्ध फस्टाउन सकेको छैन । त्यसैले अब निर्यात बढाएर व्यापारिक सम्बन्ध स्थापित गराउन भूमिका खेल्न आग्रह गरेको हो ।बेलायतका लागि नवनियुक्त राजदूत आचार्यलाई चेम्बर भवनमा स्वागत गर्दै अध्यक्ष राजेन्द्र मल्लले हालको व्यापार हिस्सा निकै सानो भएकाले निर्यात योग्य थप वस्तुहरूको

नेपाल र बंगलादेशबीचको व्यापार सम्बन्ध सुधार

नेपालबाट निर्यात हुने प्रमुख मुलुकहरूमा भारत, अमेरिका, बंगलादेश, अफगानिस्तान, जर्मनी, फ्रान्स, संयुक्त अधिराज्य, इटाली, टर्की, क्यानडा, जापान र चीन रहेका छन् । नेपालका लागि निर्यातमा महŒवपूर्ण भनी पहिचान भएका र भविष्यमा नेपालको अर्थतन्त्रमा उल्लेखनीय भूमिका निर्वाह गर्ने वस्तुहरूको रूपमा व्यापार नीति–२०७२, नेपाल व्यापार एकीकृत रणनीति–२०७३ र अन्तर्राष्ट्रिय व्यापार केन्द्रको निकासी सम्भाव्यता मूल्यांकन अध्ययनमा परेअनुरूप १९ […]

अमेरिका र चीनका प्रमुख व्यापार प्रतिनिधिबीच वार्ता

अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन ताई र चिनियाँ उपप्रधानमन्त्री लिउ हेबीच वासिङ्टनले आफूमाथि अन्याय मानेका चिनियाँ व्यावसायिक अभ्यासबारे छलफल गरेका छन् । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा सम्बन्ध बिग्रिएपछि विश्वका दुई ठूला अर्थतन्त्रका मुख्य व्यापार प्रतिनिधिबीच भएको यो दोस्रो परामर्श हो । यी दुई अधिकारीबीच यस पहिले गत मेमा पनि दुई देशबीचको व्यापार सम्बन्धबारे छलफल भएको थियो । अमेरिकी व्यापार प्रतिनिधिले शुक्रबार जारी गरेको वक्तव्यमा भनिएको छ, “उनीहरूबीचको सोहार्द