बजेट अधिवेशन आह्वान नगर्दा संशय

काठमाडौं । सरकारले आगामी वर्षका लागि समयै बजेट ल्याउन संसद् अधिवेशन आह्वान गर्न ढिला गर्दा बजेटबारे संशय सृजना भएको छ । संवैधानिक दायराभित्र रहेर सरकारले जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ । बजेट प्रस्तुत हुनुअघि सरकारको नीति तथा कार्यक्रम संसद्बाट आउनुपर्ने हो, अहिलेसम्म आएको छैन । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी प्रस्तुत गर्ने नीति तथा कार्यक्रमको खाका भने प्रधानमन्त्री कार्यालयले तय गरिसकेको अधिकारीहरूले बताउँदै आएका छन् । सरकारले समयमै बजेट अधिवेश आह्वान नगर्दा बजेट कतै अध्यादेशबाट ल्याउन खोजिएको त होइन भन्नेमा शंका उब्जिएको छ । संविधानविद् भीमार्जुन आचार्य सरकारले समयमै बजेट अधिवेशन आह्वान नगरेर गलत गरेको बताउँछन् । ‘अहिलेका प्रधानमन्त्रीको ध्यान कसरी हुन्छ कुर्सी जोगाउनुबाहेक अरू देखिएन, जेठ १५ मा बजेट ल्याउनुपर्छ भन्ने पहिलेदेखि नै थाहा हुँदाहुँदै अधिवेशन आह्वान नगरिनु ठूलो बेइमानी हो,’ उनले भने । उनका अनुसार सरकारले यो वर्ष संसद्बाट भन्दा पनि दर्जनौं अध्यादेश संसद् छलेर ल्याएकाले बजेट पनि अध्यादेशमार्फत नै आउने सम्भावना प्रबल बन्दै गएको छ । ‘अध्यादेश भनेको संसद् अधिवेशन नभएको बेला विशेष परिस्थितिमा ल्याउने हो, तर यहाँ त, संविधानको ख्यालै नगरी सरकारले जतिबेला चाह्यो, उतिबेला मनपरी तवरले ल्याउन थाल्यो, यसले सकारात्मक सन्देश दिँदैन,’ उनले भने । बजेट निर्माण गरिरहेको अर्थ मन्त्रालय पनि कसरी बजेट आउँछ भन्नेमा द्विविधामा नै देखिन्छ । अर्थ मन्त्रालायका अनुसार आगामी वर्षको बजेट निर्माणको काम अन्तिम चरणमा पुगिसकेको छ । संसद्मा बजेट प्रस्तुत गर्नेबारे राजनीतिक नेतृत्वको जिम्मेवारी हुने भएकाले केकसरी बजेट आउँछ भन्नेमा द्विविधा देखिएको हो । ‘अर्थको काम बजेट बनाइदिने हो, जुन प्रक्रिया उपयुक्त लाग्छ, सरकारको नेतृत्व गर्नेहरूले त्यसैअनुसार ल्याउँछन्, त्यसमा अर्थको केही भूमिका हुँदैन,’ अर्थका एक उच्च अधिकारीले भने । उनका अनुसार बजेट निर्माणको क्रममा अर्थमन्त्री विष्णु पौडेलले संविधानअनुसार नै यो सरकारले बजेट ल्याउने बताउँदै कुनै द्विविधा नराखी कुशलतापूर्वक बजेट बनाउन अर्थका अधिकारीहरूलाई आग्रह गर्दै आएका छन् । अहिले अर्थमा आगामी बजेटमा राजस्वका दर र कर नीति केकस्तो अवलम्बन गर्नेभन्ने विषयमा छलफल भइरहेको छ । त्यस्तै, नेपाल राजस्व परामर्श समितिले दिने सुझावका आधारमा राजस्व दर तथा नीतिहरूलाई यसपालिबाट व्यावहारिक बनाउने गरी तयारी भइरहेको बजेट निर्माणमा सहभागी अर्थका अधिकारीहरू बताउँछन् । अधिकारीहरूका अनुसार विगत वर्षहरूमा प्रिबजेट छलफलमार्पmत आएका सुझावलाई बजेटमा समावेश गरिन्थ्यो तर अहिले छलफल नहुँदा त्यस्ता सुझाव छुट्नेछन् । बजेट प्रक्रियाबाटै आउँछ : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा जीवितै रहेकाले नियमित प्रक्रियाबाटै बजेट आउने दाबी गर्नुभएको छ । उहाँका अनुसार अध्यादेशमार्पmत बजेट ल्याउनेबारे पार्टी र सरकारमा कुनै छलफल भएको छैन । आइतवार पार्टीभित्रको विवाद समाधानका सन्दर्भमा वरिष्ठ नेता माधवकुमार नेपालसँगको छलफलपछि सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमाले अध्यक्षसमेत रहेका ओलीले भन्नुभयो, ‘प्रतिनिधिसभा जीवितै छ । अध्यादेशबाट बजेट ल्याउनेबारे छलफल भएको छैन ।’

सम्बन्धित सामग्री

कोशी प्रदेशद्वारा बजेट अधिवेशन आह्वान

विराटनगर– कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन यही जेठ १४ गते आइतबार दिनको २ बजे आह्वान  गरेका छन् । प्रदेश प्रमुख खापुङले प्रदेश सरकार मन्त्रिपरिषद्को यही जेठ ८ गतेको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख […]

प्रदेश १ को बजेट अधिवेशन आह्वान

विराटनगर । प्रदेश १ को बजेट अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले जेठ १६ का लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । प्रदेश मन्त्रिपरिषद्को जेठ ९ गते बसेको बैठकले प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । प्रदेश १ को प्रदेशसभा जेठ १६ गते विहान ११ बजे बस्नेछ ।

प्रदेश १ मा जेठ १६ का लागि बजेट अधिवेशन आह्वान

प्रदेश १ मा जेठ १६ का लागि बजेट अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङ्गले सरकारको सिफारिसमा मंगलबार बजेट अधिवेशन आह्वान गरेका हुन् । मन्त्रिपरिषद्को जेठ ९ गतेको सिफारिसमा खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० जेठ १६ गते सोमबारका दिन विहान ११ बजे प्रदेश प्रदेश सभाको दशौं तथा बजेट अधिवेशन आह्वान  गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बागमती प्रदेश सरकारद्वारा बजेट अधिवेशन आह्वान

हेटौँडा– बागमती प्रदेश सरकारले १३ जेठमा बजेट अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले १३ जेठ बिहान ११ बजेका लागि वर्षे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यादव शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालका अनुसार बैठकले दीर्घरोगीहरूलाई उपचार खर्चस्वरूप ५० […]

राष्ट्रपतिद्वारा जेठ ३ गतेका लागि संसद अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेकी छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले जेठ ३ गते दिउँसो ४ बजेका लागि संसदको बजेट अधिवेशन आह्वान गरेकी हुन् ।मन्त्रिपरिषद बैठकले जेठ ३ गते दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । जेठ १५ गते सरकारले बजेट पेश गर्ने संवैधानिक व्यवस्था छ । यसअघि हुने पूर्वबजेट छलफल, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत र छलफलका लागि संसदको अधिवेशन आ

प्रदेश-१ को बजेट अधिवेशन आह्वान

काठमाण्डाै - प्रदेश-१ को आठौं तथा बजेट अधिवेशन आउँदो सोमवारका लागि आह्वान भएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले जेठ २४ गते सोमवार दिउँसो २ बजेका लागि संसद अधिवेशन आह्वान गर्नुभएको हो । प्रदेश सरकार मन्त्रिपरिषद्को हिजो बैठकले गरेको अधिवेशन आह्वानको सिफारिस अनुसार प्रदेश प्रमुखले बजेट अधिवेशन आह्वान गर्नुभएको हो । प्रदेश-१ सरकार अध्यादेशमार्फत ऐन संशोधन गरेर बजेट आउनुभन्दा १५ दिन अगावै पूर्वबजेट छलफल गर्नुपर्ने व्यवस्थालाई अवधि घटाएर ५ दिन अगावै बनाइएको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला ...

प्रदेश नं १ को बजेट अधिवेशन आह्वान

प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले  प्रदेश नं १ प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशन यही जेठ २४ गते दिनको २ बजे का लागि आह्वान गरेका छन् । प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानको धारा–१८३ को उपधारा १ बमोजिम जेठ २४ गते सोमबार दिनको दुई बजे अधिवेशन आह्वान गएको कार्यालयका सूचना अधिकारी विमल पौडेलले जानकारी दिए । प्रदेश सरकार मन्त्रिपरिषद्को जेठ २० गतेको सिफरिसअनुसार वैठकको आह्वान गरिएको हो ।

प्रदेश १ को बजेट अधिवेशन जेठ २४ गते बोलाउन सरकारको सिफारिस

काठमाडौं। प्रदेश १ सरकारको आज बिहान बसेको बैठकले बजेट अधिवेशन जेठ २४ गते आह्वान गर्ने निर्णय गरेको छ । जेठ २४ गते दिउँसो २ बजे बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको मुख्यमन्त्री शेरधन राईले बताए। सो निर्णयअनुसार अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ।

बजेट अधिवेशन अझै अन्योलमा

संवैधानिक व्यवस्थाअनुसार संघीय बजेट जेठ १५ मा संसद्बाट घोषणा हुन ९ दिन बाँकी रहँदासमेत सरकारले प्रक्रिया नै अघि बढाएको छैन । बजेट घोषणाअघि संसद्मा नीति तथा कार्यक्रम, प्रिबजेट छलफल हुनुपर्नेमा बजेट अधिवेशन आह्वान नहुँदा संवैधानिक प्रक्रिया अवरुद्ध बनेको छ । यस बेला संसद्मा बजेट अधिवेशन चलिरहनुपर्ने थियो । तर, अल्पमतको सरकार भएकाले आप्mना वार्षिक कार्यक्रम पास नहुने डरले अधिवेशन डाक्न चासो नदेखाउँदा आगामी बजेट प्रक्रिया अन्योलमा परेको हो । बजेट अधिवेशन नबोलाइएपछि विभिन्न संशय उत्पन्न भइरहेका बेला संसदीय प्रक्रिया ...

बजेट अधिवेशन आह्वान नगर्दा संशय

काठमान्डाैं / सरकारले आगामी वर्षका लागि समयै बजेट ल्याउन संसद् अधिवेशन आह्वान गर्न ढिला गर्दा बजेटबारे संशय सृजना भएको छ । संवैधानिक दायराभित्र रहेर सरकारले जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ । बजेट प्रस्तुत हुनुअघि सरकारको नीति तथा कार्यक्रम संसद्बाट आउनुपर्ने हो, अहिलेसम्म आएको छैन । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट... The post बजेट अधिवेशन आह्वान नगर्दा संशय appeared first on Purbeli News.