नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इञ्चार्ज तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले देश अहिलेसम्म माओवादीले नै ल्याएका एजेण्डामा चलेको बताएका छन् । यद्यपि, नेतृत्व अन्य दलहरूको हातमा हुँदा कार्यान्वयनको पक्ष फितलो भएको उनले बताए ।मंगलबार वीरेन्द्रनगरमा प्रेस सेन्टर नेपालको दोस्रो प्रदेश अधिवेशन उद्घाटन गर्दै बस्नेतले देशमा गणतन्त्र ल्याउन, संविधानसभाबाट संविधान ल्याउन माओवादीको महत्वपूर्ण भूमिका रहेको बताए । तर, अन्य दलभित्र केही प्रतिगामी सोच भएका व्यक्तिहरुले गर्दा संविधान कार्यान्वयनमा समस्