सीके राउतको माग अस्पष्ट, किसानको नाममा राजनीति !

सीके राउत नेतृत्वको जनमत पार्टी विगत तीन सातादेखि किसानको नाममा तराईमा आन्दोलनरत छ । तर सरकारी तवरबाट किसान आन्दोलनलाई सम्बोधन गर्ने कुनै पहल गरिएको छैन । सरकारी अधिकारी भन्छन्, 'माग अस्पष्ट छ, राजनीतिक रुपमा उठाइएको माग भएकाले त्यसलाई सोही रुपमा समाधान गर्नुपर्छ ।' उता किसानसँग सम्बन्धित संघ संगठन भन्छन्, 'किसानको मागलाई राजनीतिकरण गरिएकाले त्यसमा पहल गर्न गाह्रो भएको छ ।' यही अन्यौलको बीचमा जनमत पार्टीको आन्दोलन जारी छ । किसान आन्दोलन तराईबाट फड्को मारेर काठमाडौंमा समेत पै