डेंगु प्रकोपको रुपमा देखिन कम्तिमा तीन वर्ष लाग्ने

काठमाडौं । काठमाडौं उपत्यकालगायतका पहाडी तथा हिमाली क्षेत्रमा डेंगु संक्रमण घट्दो क्रममा रहेको छ । तर तराईको तापक्रम हाल लामखुट्टेका लागि उचित भएकाले त्यस क्षेत्रमा भने बढी जोखिम रहेको चिकित्सकहरुले बताएका छन् । यो वर्ष मनसुन सुरु भएसंगै उच्च संख्यामा देखिएको डेंगु पहाडी तथा हिमाली जिल्लामा केही चिसो हुन थालेपछि घट्न क्रममा रहेको छ । […]