नयाँ भेरियन्ट थप सङ्क्रामक हुन सक्छ : डा. पुन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको नयाँ भेरियन्ट थप सङ्क्रामक हुनसक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ । स्वास्थ्य मन्त्रालयले ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमूनामध्ये नौ वटा थप उत्परिवर्तन ‘के ४१७ एन’ म्युटेसन भेटिएको जनाएको छ । टेकु अस्पतालका प्रमुख मेडिकल अधिकृत डा. शेरबहादुर पुनले नयाँ म्युटेसनलाई सामान्य नलिन सबैमा आग्रह समेत गर्नुभएको छ ।